Janakpurdham
Sat, May 30, 2026
`

जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी
नेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्रेस, कम्युनिस्ट वा अन्य नामधारी पार्टीहरूले जनताको सेवा गर्ने भन्दै राजनीतिमा प्रवेश गरे पनि तिनको अभ्यासले देखाएको सन्देश फरक छ। विचार र सिद्धान्तको आधारमा होइन, व्यक्तिवाद र परिवारवादकै आधारमा तिनले देशलाई शोषणको चक्रमा बाँधिरहेका छन्।
केपी ओली, प्रचण्ड, देउबा जस्ता नेताहरू पालैपालो सत्तामा पुगे तर जनताको जीवनस्तर सुधार भएन। हरेकको पालामा भ्रष्टाचार ढाकछोप गर्ने, आफन्तलाई पद बाँड्ने, अवैध सम्पत्ति सुरक्षित गर्ने जस्ता कार्य मात्रै प्राथमिकता बने। ललिता निवासदेखि भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, वाइडबडी, ओम्नी, भिजिट भिसा, बांसबारी लगायतका असंख्य घोटालाले देखाएको सन्देश स्पष्ट छ – जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, विकास, सुरक्षाजस्ता आधारभूत मुद्दा कहिल्यै प्राथमिकतामा परेनन्।
राणा–राजाबाट पाएको पीडालाई जनताले प्रजातन्त्र र गणतन्त्र ल्याएर अन्त्य गर्ने सपना देखे। तर दुर्भाग्य, प्रजातन्त्र र गणतन्त्र पनि व्यक्तिवादी नेताको दास बनेर जनताको आशा पूरा गर्न असमर्थ भयो।
आज आवश्यकता छ जागरणको, सजगताको, र आवाज उठाउने साहसको। जातीय, भाषिक वा क्षेत्रीय पहिचानलाई विभाजनको हतियार बनाउन होइन, अधिकार र सहभागिताको आधारमा नयाँ समाज निर्माण गर्न आवश्यक छ। मधेसी, जनजाति, दलित, महिला, युवा सबैको आवाज एक ठाउँमा ल्याएर मात्र भ्रष्टाचार र अन्यायविरुद्ध निर्णायक लडाइँ लड्न सकिन्छ।
हामीसँग नेतृत्वको कमी छैन, तर नेतृत्व त्यस्तो चाहिन्छ जसले देशको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखोस्। नेतृत्व त्यस्तो चाहिन्छ जसले विविध पहिचानलाई समेटेर समावेशी समाज निर्माण गर्ने बाटो खोलोस्। नेतृत्व त्यस्तो चाहिन्छ जसले जातिवाद, क्षेत्रवाद र विभाजनकारी राजनीति अस्वीकार गरोस्।
आह्वान
• जागौं देशवासी!
• भ्रष्टाचारविरुद्ध एकजुट बनौं!
• जातीय विभाजनको राजनीति छोडौं!
• मधेसी, जनजाति, दलित, महिला, युवा सबै समुदायका अधिकारका लागि आवाज उठाऔं!
• व्यक्तिवाद होइन, जनहितमूलक नेतृत्व चाहिन्छ – छलछाल होइन, विकास चाहिन्छ!
हामीले प्रमाणित गर्नुपर्छ – राजनीति जनताको सेवा हो। चुनौती ठूलो छ, तर जनताको एकता अझ ठूलो छ। आउनुहोस्, हामी सबै मिलेर नयाँ युगको शुरुवात गरौं।
डा. राजीव झा उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी

`
12 comments
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..

16 घन्टा पहिले

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..

16 घन्टा पहिले

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..

2 दिन पहिले

कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..

2 दिन पहिले

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

3 दिन पहिले