Janakpurdham
Sat, May 30, 2026
`

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्नेको भिड

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु अघिल्लो दिन आज मिथिला सहित तराई मधेशका जिल्लाहरूमा ऋषि तर्पण सम्पन्न भएको छ ।

पितृ तर्पण शुरु हुनुभन्दा अघिल्लो दिन देवता तुल्य ऋषि मुनिको स्मरणमा तर्पण गर्ने चलन हिन्दू संस्कृतिमा रहेको हो । जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउको रुपमा रहेको गंगासारमा हजारौँ व्यक्तिले ऋषिमुनिको स्मरण गरेर तर्पण गर्नु भएको छ ।

बिहानदेखिनै ऋषि तर्पणीको कार्यक्रममा सरिक हुनका लागि गाउँ गाउँबाट ठूलो सङ्ख्यामा भक्तजनहरू जनकपुरधाम आउनु भएको थियो । जनकपुरधामको गंगासागरको अतिरिक्त धनुषसागर, विहारगुण्ड, अग्निकुण्ड तथा दुग्धमतिमा तर्पण गर्ने टुहुराहरूको भिड रहेका थिए ।

पितृ तर्पण शुरु हुनुभन्दा एकदिन अगाडी हुने ऋषि तर्पणीमा काँक्रो, खरको फूल तथा सङ्खले तर्पण गर्ने शास्त्रीय मान्यता रहेको जनकपुरधामका पण्डित शोभाकान्त झाले जानकारी दिनु भयो । पितृ श्राद्ध शुरु हुनु भन्दा पूर्व देउता तथा ऋषिको स्मरण गर्ने चलन रहेको छ ।

भदौ कृष्णपक्ष प्रतिपदा तिथिबाट पितृ तर्पण शुरु हुने गरेको छ । यसमा बुबा नभएका सन्ताहरुले पितृ प्रति श्रद्धाभाव प्रकट गर्नका लागि तर्पण गर्ने चलन रहेको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..

16 घन्टा पहिले

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..

16 घन्टा पहिले

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..

2 दिन पहिले

कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..

2 दिन पहिले

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

3 दिन पहिले