Janakpurdham
Wed, Jun 10, 2026
`

कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, फागुन ६ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस पुरानो इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएको बताएका छन्।

बुधबार नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको बताए।‘हामी गर्व गर्छै पुरानो कांग्रेसले गरेको विषय कामहरुलाई तर समयले माग्यो कांग्रेस तिमि बदलिएर आऊ, राजनीतिक दलहरु बदलिएर आऊ त्यसैले तपाई साथिहरुले मतदाताहरुले पुरानो भन्दै गर्दा गर्व गर्ने कांग्रेस छ भन्ने बुझ्नु भएको छ अनि अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको छ। यो समयमा प्रश्न कसले जित्ने भन्ने हैन मुलुक कसले सम्हाल्ने हो। यो देश सम्हाल्ने मुख्य कुरा हो,’ उनले भने।

उनले कांग्रेसले चुनाव कयौं पटक जित्नु वा हार्नु अनौठो कुरा नभएको भन्दै प्रश्न आजको पद्धतिले हार्ने कि जित्ने भन्ने रहेको बताए।

‘चुनाव त कांग्रेसले कयौं पटक जित्यो, हाम्रो लागि जित अनौठो कुरा हैन। चुनाव नेपाली कांग्रेसले जिन्दगीमा कयौं पटक हार्यो, कांग्रेसको हार पनि हाम्रो लागि नौलो कुरा हैन तर प्रश्न आजको पद्धतिले हार्ने कि जित्ने भन्ने छ, प्रश्न समाजको सद्भाव कसले गास्न सक्छ भन्ने छ,’ उनले भने।

साभार : काठमाडौं प्रेस

`
12 comments
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा न..

काठमाडौँ, जेठ २६ गते । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रा..

9 घन्टा पहिले

प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्छ..

काठमाडौं, जेठ २५ : श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभ..

2 दिन पहिले

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्..

काठमाडौं, जेठ २५ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान ग..

2 दिन पहिले

स्वच्छ खान पिनमा धियान दिनुपर्ने: सहायक प्रजिअ दहाल

जनकपुरधाम , जेठ २४ गते ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाले प्रभात फेरी कार्यक्रम गरेको छ। आज जन..

3 दिन पहिले

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्..

काठमाडौं, जेठ २४ : परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्..

3 दिन पहिले