Janakpurdham
Sun, Oct 25, 2026
`

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक सम्पन्न, प्रतिनिधि सभा निर्वाचन तयारीमा छलफल

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २० : प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ। बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, आगामी निर्वाचन तयारी, र संभावित सुरक्षा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्थाहरूको समिक्षा गर्न आयोजित गरिएको थियो। यस अवसरमा निर्वाचन स्थलगत सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा, र आवश्यक सरकारी समन्वयबारे छलफल भएको थियो।

बैठकमा सहभागी रहेका उच्च अधिकारीहरूमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल, र मुख्य सचिव सुमनराज अर्याल रहेका थिए।

बैठकका क्रममा मन्त्री तथा वरिष्ठ सुरक्षाकर्मीहरूले निर्वाचनको दौरानमा शान्ति, सुव्यवस्था, र आम जनताको सुरक्षामा ध्यान दिनुपर्ने विषयमा जोड दिएका थिए। साथै, सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ गर्न आवश्यक कदमहरू उठाउने निर्णय पनि भएको जानकारी सचिवालयले दिएको छ।

प्रधानमन्त्री कार्कीले बैठकमा देशको सुरक्षा संवेदनशील विषयहरूलाई प्राथमिकतामा राख्दै निर्वाचन प्रक्रियालाई सहज, निष्पक्ष र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। 

यसअघि पनि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठकमा देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरता सुनिश्चित गर्ने विषयमा ध्यान दिँदै आएकी थिइन्।

साभार : काठमाडौं प्रेस

`
12 comments
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसà..

काठमाडौं, कात्तिक  ७ : बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमि..

4 घन्टा पहिले

पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुर..

काठमाडौं, कात्तिक ७ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीà..

4 घन्टा पहिले

सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु

चन्दन ठाकुरमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ à¤..

15 घन्टा पहिले

साउदीमा ड्रोन आक्रमण : नेपाली नागरिकहरुको सुरक्षामा ध्यà..

काठमाडौं, कात्तिक ६ : साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नà¤..

15 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

4 दिन पहिले