Janakpurdham
Wed, Aug 05, 2026
`

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक सम्पन्न, प्रतिनिधि सभा निर्वाचन तयारीमा छलफल

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २० : प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ। बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, आगामी निर्वाचन तयारी, र संभावित सुरक्षा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्थाहरूको समिक्षा गर्न आयोजित गरिएको थियो। यस अवसरमा निर्वाचन स्थलगत सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा, र आवश्यक सरकारी समन्वयबारे छलफल भएको थियो।

बैठकमा सहभागी रहेका उच्च अधिकारीहरूमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल, र मुख्य सचिव सुमनराज अर्याल रहेका थिए।

बैठकका क्रममा मन्त्री तथा वरिष्ठ सुरक्षाकर्मीहरूले निर्वाचनको दौरानमा शान्ति, सुव्यवस्था, र आम जनताको सुरक्षामा ध्यान दिनुपर्ने विषयमा जोड दिएका थिए। साथै, सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ गर्न आवश्यक कदमहरू उठाउने निर्णय पनि भएको जानकारी सचिवालयले दिएको छ।

प्रधानमन्त्री कार्कीले बैठकमा देशको सुरक्षा संवेदनशील विषयहरूलाई प्राथमिकतामा राख्दै निर्वाचन प्रक्रियालाई सहज, निष्पक्ष र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। 

यसअघि पनि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठकमा देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरता सुनिश्चित गर्ने विषयमा ध्यान दिँदै आएकी थिइन्।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

14 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

14 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले