Janakpurdham
Tue, Jul 14, 2026
`

स्वास्थ्य मन्त्रीसँग विभिन्न दातृ निकायका प्रतिनिधिको छलफल

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ , वैशाख ३० गते । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग विभिन्न दातृ निकायका प्रतिनिधिहरूले भेटघाट गर्नुभएको छ । 

आज मन्त्रालयमा मन्त्री मेहताले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सङ्घका प्रतिनिधिसँग भेटघाट गर्नुभएको हो ।

सो अवसरमा मन्त्री मेहताले सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य प्रणालीको डिजिटाइजेसन र अस्पताललाई कागजरहित बनाउन युएनडिपीले प्राविधिक सहयोग गर्ने सरकारको अपेक्षा रहेको बताउनुभयो । 

उहाँले नेपालको स्वास्थ्य सेवालाई आधुनिक, पारदर्शी र जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्न दातृ निकायको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा युनडिपीका प्रतिनिधिले स्वास्थ्य क्षेत्र, सार्वजनिक खरिद प्रणाली र ग्लोबल फण्डका कार्यक्रममा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । 

सो अवसरमा रक्तदान सेवा, एम्बुलेन्स सेवा, आँखा उपचार सेवा, मानसिक स्वास्थ्य सेवा, जलवायु परिवर्तन तथा स्वास्थ्यजस्ता विषयमा सरकारसँग सहकार्य गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन सकिने विषयमा छलफल भएको थियो । 

 

साभार :काठमाडौं प्रेस

`
12 comments
‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’

जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..

20 घन्टा पहिले

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..

काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..

20 घन्टा पहिले

स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..

2 दिन पहिले

प्रहरीले पक्राउ गरेर घर पुर्याएपछि दुर्गा प्रसाईँले– य..

काठमाडौं, असार २८ : राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आ..

2 दिन पहिले

आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु 

काठमाडौं, आसर २७ : काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ।  शनिबार ..

2 दिन पहिले