विश्व मत्स्य दिवसमा तीन व्यवसायी सम्मानित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । “जलीय जैविक विविधताको संरक्षण व्यावसायिक मत्स्य पालनको प्रवद्र्धन” मूल नारासहित विश्व मत्स्य दिवस २०७९ जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा मधेश प्रदेशको मत्स्य उत्पादन तथा व्यवसायीकरणको क्षेत्रमा विशिष्ट योगदान दिएका तीन जना मत्स्य उत्पादक तथा प्राविधिकलाई आज जनकपुरधाममा सम्मान गरिएको छ ।

मत्स्य मानव संसाधन विकास प्रविधि परीक्षण केन्द्र जनकपुरधामले आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मत्स्य विकासमा प्राविधिक योगदान दिनुभएका पूर्व मत्स्य विकास अधिकृत रामविलास ठाकुर, धनुषाको क्षिरेश्वर नगरपालिकाका युवा मत्स्य उत्पादक एवं व्यवसायी रामकेवल मुखिया र सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका मत्स्य ह्याचरीका सञ्चालक भरत यादवलाई दोसल्ला, खादासहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।उहाँहरूलाई नेपालका वरिष्ठ मत्स्य व्यवसायी बौएलाल मुखिया, मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा.जागेश्वर यादव तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
कार्यक्रममा निर्देशक डा.जागेश्वर यादवले नेपालको विकास र समृद्धिको आधार कृषि तथा पर्यटन भएको चर्चा गर्नुहुँदै त्यसमा पनि मत्स्य क्षेत्रको योगदान निरन्तर बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।सो अवसरमा नेपालमा मत्स्य उत्पादनको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले नेपालमा विगत केही वर्षदेखि माछाको उत्पादनमा निरन्तर रुपमा वृद्धि भएको तथ्याङ्क दिनुहुँदै नेपालमा उत्पादन हुने गरेको ७३ हजार ६ सय ९३ मेट्रिक टन माछा मध्ये मधेश प्रदेशमा मात्र ४२ हजार १९ मेट्रिक टन उत्पादन हुने गरेको बताउनुभयो ।

सम्मानित भएका व्यवसायी मध्ये युवा व्यवसायी रामकेवल मुखियाले माछाको उत्पादन तथा व्यवसायीकरणले इज्जतका साथै राम्रो आय आर्जन हुने भएको बताउँदै नेपालमा अहिले पनि दाना, मलखाद्य, प्रविधि तथा प्राविधिकको समस्या भएको बताउनुभयो । यसअघि केन्द्रका प्रमुख रविलाल शर्माको अगुवाइमा प्लेकार्ड, ब्यानर, पोस्टरसहित निस्केको जनचेतनामूलक र्यालीसहित नगरको परिक्रमा गरिएको थियो । यसै उपलक्ष्यमा जनकपुरधामको गंगा सागरमा माछाको भुरा हाल्ने काम भएको छ भने कमला तथा कोसीमा दिउँसो माछाको भुरा हाल्ने कार्यक्रम रहेको छ । साभार : रेडियो नेपाल
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
काठमाडौं, फागुन १९ : १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्त..
4 घन्टा पहिले
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी ख..
काठमाडौं, फागुन १९ : धनुषा–१मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदावर बनेका किशोरी साहको उम्मेदवा..
4 घन्टा पहिले
होलीमा रंगिएको वसन्तपुर
काठमाडौं, फागुन १८ : वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपूर्णिमा(होली)पर्वका अवसरमा आज काठमा..
1 दिन पहिले
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
काठमाडौं, फागुन १८ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन प्..
1 दिन पहिले
निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको ..
काठमाडौं, फागनु १८ : प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्व..
1 दिन पहिले