श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्पर्क, सांस्कृतिक कूटनीति, बौद्ध सम्पदाको प्रवद्र्धन तथा व्यापार र लगानी विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै झाले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा आत्मसात गर्दै राजदूतका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले सरकारले अवलम्बन गरेको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण गर्दै सबैसँग मित्रता र कसैसँग शत्रुता नराख्ने सिद्धान्तअनुसार आफू अघि बढ्ने बताइन्।
उनले भनिन्, ‘राजदूतका रूपमा काम गर्नुपर्दा नेपाल सरकारको नीति तथा कार्यक्रममा स्पष्ट रूपमा जुन लेखिएको छ, त्यसलाई पूर्णतः आत्मसात् गर्दै अगाडि बढ्ने छु । सरकारले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण गर्दै सबैसँग मित्रता, छैन कसैसँग शत्रुताको सिद्धान्तलाई आत्मसात् गरेको छ । नीति तथा कार्यक्रममा उल्लेखित बुँदाहरूलाई ध्यानमा राख्दै राजदूतको कार्यकालभरि निम्नलिखित चार रणनीतिक स्तम्भमा केन्द्रित भएर काम गर्ने छु ।’
राजदूतका रूपमा आफ्नो कार्यकालमा चार रणनीतिक स्तम्भमा केन्द्रित भएर काम गर्ने योजना रहेको उल्लेख गर्दै झाले पर्यटन सम्पर्क विस्तारलाई पहिलो प्राथमिकतामा राखेकी छन् । यसअन्तर्गत हवाई सम्पर्क विस्तार, संयुक्त पर्यटन प्याकेज निर्माण, भिसा सहजीकरण तथा पर्यटन बजार प्रवद्र्धनलाई अघि बढाइने उनले बताइन् ।
त्यस्तै, रामायण सर्किटको विकास, जनकपुर र श्रीलंकाबीच धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक कूटनीतिलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
बौद्ध सम्पदाको प्रवद्र्धनअन्तर्गत लुम्बिनीलाई श्रीलंकाली तीर्थयात्रीको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने तथा भिक्षु र विद्वान्हरूबीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले प्रस्तुत गरिन् ।
यसैगरी, नेपाल र श्रीलंकाबीच व्यापार तथा लगानी विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य, व्यापार मञ्चको आयोजना तथा लगानी प्रवद्र्धनमा जोड दिने झाले बताइन् । श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षण, सार्वजनिक कूटनीतिको प्रवद्र्धन तथा संस्थागत संयन्त्र निर्माणलाई पनि सहायक प्राथमिकताका रूपमा अघि बढाइने उनले उल्लेख गरिन् ।
उनले भनिन्, ‘पर्यटन सम्पर्क, जसमा हवाई सम्पर्क, संयुक्त प्याकेज, भिसा सहजीकरण र पर्यटन बजार प्रवद्र्धन । रामायण सर्किट, जनकपुर र श्रीलंकाका साझा तीर्थाटन र सांस्कृतिक कूटनीति । बौद्ध सम्पदा, लुम्बिनीलाई श्रीलंकाली तीर्थयात्रीको प्रमुख गन्तव्य बनाउने र भिक्षु–विद्वान् आदानप्रदान । व्यापार तथा लगानी, निजी क्षेत्र सहकार्य, व्यापार मञ्च र लगानी प्रवद्र्धन। साथै, श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षण, सार्वजनिक कूटनीति र संस्थागत संयन्त्र निर्माणलाई सहायक क्षेत्रका रूपमा अघि बढाइनेछ ।’
साभार ः काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले