किशोरसिंह राठौरले फिर्ता लिए सभापतिकाे उम्मेदवारी
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
उनले सञ्चारकर्मीहरूसँग बोल्दै भने, ’विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।’
यसअघि मंगलबार बेलुकी अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।
उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए । राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
साभार ः काठमाडौं प्रेस
इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग
काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..
1 घन्टा पहिले
किशोरसिंह राठौरले फिर्ता लिए सभापतिकाे उम्मेदवारी
काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवाà¤..
1 घन्टा पहिले
स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्à¤..
काठमाडौं, असोज २० : आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाà¤..
1 दिन पहिले
कांग्रेसको संकल्प : गुट, पहुँच र अपारदर्शिता अन्त्य, राजनà..
काठमाडौं, असाेज २० : नेपाली कांग्रेसले पछिल्लो ३५ वर्षमा देशमा केही नभएको भन्ने भाष्यलाई अस्वीकार गर्दै लोकतानà..
1 दिन पहिले
नेकपाबाट अलग भए झलनाथ खनाल
काठमाडौं, असोज १९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै &lsqu..
2 दिन पहिले