Janakpurdham
Thu, Nov 19, 2026
`

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

45 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर ३ : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन् । 

राष्ट्रिय भेलाको दोस्रो दिन नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी हुन् । ‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन’, उनले भने । 

गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा व्यहोर्नुपरेको धक्काबाट कार्यकर्तामा केही निराशा उत्पन्न भएको भए त्यसबाट मुक्त हुन उनले बताइन् । 

उनले भनिन्, ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’

भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताइन् । 

राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवद्र्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले भनिन्, ‘मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन।’

साभार ः काठमाडौं प्रेस

`
12 comments
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः ..

काठमाडौं, मंसिर ३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वà¤..

44 मिनट पहिले

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

काठमाडौं, मंसिर ३ : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर..

45 मिनट पहिले

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं, मंसिर २ : अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेनà¥..

1 दिन पहिले

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

विराटनगर, मंसिर २ : १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदà..

1 दिन पहिले

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३०..

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री बालेन्द्र ९बालेन०शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छ..

2 दिन पहिले