कर नतिरेको भन्दै अभिनेत्री ऐश्वर्या रायविरूद्ध नोटिस
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै अन्य १२ सय घरधनीलाई कर तिर्न नोटिस पठाएको हो। सिन्नरको आडवाडी क्षेत्रमा ऐश्वर्याले पवन चक्की लगाउनको लागि जग्गा किनेकी थिइन्। जसको एक वर्षको कर करिब २२ हजार रुपैयाँ हुन्छ। सार्वजनिक नोटिसमा ऐश्वर्यालाई मार्चको अन्तिमसम्म कर तिर्न निर्देशन दिएको छ। पछिल्लो समय ऐश्वर्या फिल्म ‘पोन्नियिन सेलवन १’ मा देखिएकी थिइन्। फिल्मलाई मणिरत्नमले निर्देशन गरेका थिए। फिल्ममा चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपल लगायतको अभिनय छ।ऐश्वर्याले सन् १९९४ मा मिस वर्ल्डकाे उपाधि जितेकी थिइन्। उनले सन् १९९७ मा तमिल फिल्म 'इरूवर' बाट अभिनय यात्रा सुरू गरेकी थिइन्।साभार : सेतोपाटी
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
23 घन्टा पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
23 घन्टा पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह