शाहरुखको डंकीमा बिक्की कौशलदेखि तापसीसम्म
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बई। शाहरुख खान यो वर्ष आफ्ना दुई फिल्म जवान र डंकीका कारण निकै चर्चामा छन्। किंग खानका फ्यानहरु उनका दुबै फिल्मको प्रतिक्षामा छन्।जवानको भिएफएक्सको काम अन्तिम चरणमा छ भने डङ्कीको छायांकन चलिरहेको छ। यो चलचित्रलाई बलिउडका दिग्गज निर्देशक राजकुमार हिरानीले निर्देशन गर्दैछन्। राजकुमार हिरानीलाई सधैं ब्लकबस्टर फिल्म दिने यस्ता निर्देशकहरूमा गनिन्छन्।यसैबीच शाहरुख खानको फिल्म डंकीको स्टार कास्ट सार्वजनिक भएको छ। अहिले रेडिटमा एउटा तस्वीर भाइरल भइरहेको छ। जसलाई डंकीको स्टार कास्टको खुलासा भएको छ।

तस्विरमा शाहरुख खान बाहेक अभिनेत्री तापसी पन्नु, बोमन इरानी, सतीश शाह, दिया मिर्जा र विक्की कौशल देखिएका छन्। यो तस्विर मार्फत डंकीको पुरै स्टार कास्ट भएको दाबी गरिएको छ। यद्यपी, डन्कीको पूर्ण स्टार कास्ट निर्माताले आधिकारिक रूपमा खुलासा गरेका छैनन्। तर यो तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

शाहरुखको फिल्म डंकी यो वर्ष क्रिसमसको अवसरमा रिलिज हुँदैछ। उनका फ्यानहरु लामो समयदेखि फिल्मको प्रतिक्षामा थिए। शाहरुख खानको अघिल्लो फिल्म पठानको कुरा गर्दा यो उनको करियरको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म बनेको छ। फिल्म पठान यसै वर्ष २५ जनवरीमा हलमा रिलिज भएको थियो। जसले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । योसँगै कैयौं कीर्तिमान पनि तोडेका छन्।साभार : डिसी नेपाल
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
23 घन्टा पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
23 घन्टा पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह