फ्राइडे रिलिज : ‘रकी और रानी की प्रेम कहानी’लाई उच्च शो, ‘धूमम’ले पाएन हल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । शुक्रबारबाट हलिउड फिल्म ‘टक टु मी’सहित दुई हिन्दी फिल्म ‘रकी और रानी की प्रेम कहानी’ र ‘धूमम’ रिलिज भएका छन् । हिन्दी फिल्म ‘रकी और रानी की प्रेम कहानी’लाई उच्च शो दिँदा ‘धूमम’ले पनि अधिकांश मल्टिप्लेक्समा शो नै पाएको छैन । क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले यो फिल्मलाई शो नै उपलब्ध गराएका छैनन् ।सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको ‘धूमम’मा फहाद फासिल मुख्य भूमिकामा छन । पवन कुमारको निर्देशन रहेको फिल्म ‘धूमम’ भारतमा गत २३ जुनमा मलयालम र कन्नडा भाषामा प्रदर्शन भएको थियो । बक्सअफिसमा फिल्मले औसत कमाई गरेको भए पनि सुखद प्रतिक्रिया पाएको थियो । यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा आलिया भट्ट र रणवीर सिंहको मुख्य भूमिका छ । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक र आर्थिक पृष्ठभूमिका दुई पात्रको कथावस्तुलाई प्रस्तुत गरिएको छ । फिल्ममा रणवीर सिंहले रकी रन्धावा र आलियाले रानीको भूमिका निर्वाह गरेका छन् ।यो साता कुनै नयाँ नेपाली फिल्म भने हलमा आएनन् । साभार : कोसी अनलाइन
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
21 घन्टा पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
21 घन्टा पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
2 दिन पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
3 दिन पहिले