इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध आमरण अनशन बसेका शुलभको स्वास्थ्य बिग्रिँदै
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । त्रिविले इन्जिनियरिङ स्नातकको शुल्क बढाएको विरोधमा थापाथली क्याम्पसमा अनशन बसेका शुलभ चापागाईँको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।मङ्गलवारदेखि डिन कार्यालय अगाडि आमरण अनशन बसेको आज तेस्रो दिन पुगेको छ । चापागाईँ बोल्न नसक्ने अवस्थामा छन् ।नेविसंघ पुल्चोक क्याम्पस डिन कार्यालयले सरकारले लगानी गर्ने नसकेर शुल्क बढाउन बाध्य भएको बताएको छ ।सरकारले लगानी गर्ने हो भने हामीले शुल्क बढाउनु नपर्ने आईओईको स्टेटमेन्ट रहेको थापाथली क्याम्पस सभापति पुष्कर विक्रम शाहीले बताए ।उनले भने, ‘सरकारले शिक्षामा लगानी गर्न नखोजेकै कारणले युवाहरू विदेशिन बाध्य भइरहेका छन् । सरकाले शिक्षा क्षेत्रमा लगानी नगरे देशको भविष्यमाथि नै खेलबाड भइरहेको छ ।’त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था आईओईले चार वर्षे स्नातक तहको शुल्क एकै पटक ३ लाखबाट बढाएर ७ लाख पुर्याएको छ ।जहाँ यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्याइएको छ ।त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसमा केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस छन् ।साभार : नेपाल प्रेस
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
4 घन्टा पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
4 घन्टा पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
1 दिन पहिले
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..
1 दिन पहिले
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..
2 दिन पहिले