Janakpurdham
Sun, Oct 18, 2026
`

नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,कार्तिक १३ गते ।  आजदेखि सुरु भएको टी–२० विश्वकप छनोटमा नेपालले सिंगापुरबाट १४६ रनको मध्यम लक्ष्य पाएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।सिंगापुरलाई रनमा रोक्न नेपालका एक खेलाडीले तीन तथा तीन खेलाडीले समान दुई दुई विकेट लिए । नेपालका करण केसीले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र अभिनाश बोहराले समान दुई दुई विकेट लिएका छन् । नेपाली बलर सोमपाल कामी विकेट विहिन रहे । सिंगापुरका तीन खेलाडीले खाता नै खोल्न सकेनन् ।सिंगापुरका कप्तान अरित्रा दत्त, अर्मत्या कौल र अनन्था कृष्णाले खाता नै खोल्न सकेनन् । त्यस्तै रोहन रंगाराजनले सर्वाधिक ४६ रनको योग्दान गर्दा आर्याविर चौधरीले ३७ र मनप्रित सिंह २४ रनको योगदान गरे । जनक प्रकाशले ७, सुरेन्द्र चन्द्रमोहनले ६ रन बनाउँदै आउट भए । थिलिप थिल्लपनले एक रनमात्र बनाउन सके ।साभार : अर्थपूर्ण

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

4 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

5 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

1 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

1 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले