Janakpurdham
Thu, Sep 24, 2026
`

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटी अध्यक्षमा झनक बहादुर खड्का चयन

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
फागुन ७, तामाकोशी
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तामाकोशी गाउँपालिका कमिटी अध्यक्षमा झनक बहादुर खड्का चयन हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादी तामाकोशी गाउँपालिकाको प्रथम अधिवेसनबाट खड्काको अध्यक्षतामा ५५ जनाको कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा भिम प्रसाद शर्मा र आङछिरि शेर्पा, सचिव रमेश कार्की, उपसचिव राजकुमार के.सी. र राम बहादुर खड्का रहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीले रमेश फूयालको अध्यक्षतामा युवासंघ गठन गरेको छ । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा संसद मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा पोलिटव्युरो सदस्य शिव प्रसाद भण्डारी, सदस्य चुनु के.सी., दोलखा जिल्ला कमिटि सचिव प्रोण प्रताव के.सी., युवा संघका केन्द्रिय सदस्य झपड सुनुवार, दलित मुक्ति संगठनका सचिव नन्दराज घताने, अनेम संघ दोलखाका अध्यक्ष तारा तामाङ, दलित मुक्ति संगठन दोलखा अध्यक्ष कुल बहादुर विश्वकर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादी तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका अध्यक्ष यज्ञ बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन नेकपा समाजवादीका राजकुमार के.सीले संचालन गर्नुभएको थियो ।

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

19 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

20 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले