Janakpurdham
Wed, Sep 23, 2026
`

बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सांसद झाले सरकारको ध्यानाकर्षण गराए

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले बाढीपीडितहरू विभिन्न स्थानमा सञ्चालन गरिएका क्याम्पमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराए।

‘अहिले बाढीपीडितहरू विभिन्न ठाउँको क्याम्पमा बसिराखेको ठाउँमा महिला र बालबालिका त्यति सुरक्षित छैन भन्ने कुरा सुनिन्छ। त्यसप्रति ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने। 

उनले उनीहरूको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

उनले गत वर्ष चुनावी अभियानका क्रममा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरिएको उल्लेख गरे। सोही प्रतिबद्धताअनुसार सरकारले जानकी मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेको भन्दै उनले सरकारप्रति आभार व्यक्त गरेका छन्। 

‘गत वर्ष चुनावी अभियान सुरु गर्दै गर्दा जनकपुरमा माघ ५ गते जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गराउने प्रतिबद्धता हामीले जाहिर गरेका थियौँ । त्यस प्रतिबद्धता अन्तर्गत अहिले जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रटिस्ठान क्षेत्रको रूपमा घोषणा गर्ने कार्यक्रम नेपाल सरकारबाट भएको छ । मन्त्रीपरिषद्बाट पाश भएको छ । त्यसप्रति आभार व्यक्त गर्दछु,’ उनले भने।

उनले पछिल्लो समय सरकारले निर्माण तथा पूर्वाधारका काममा देखाएको तदारुकताप्रति पनि कृतज्ञता व्यक्त गरे । साथै, कृष्णभिरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन पहल गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सक्रियताको प्रशंसा समेत गरेका छन्। 

साभार ः काठमाडौं प्रेस

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

2 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

2 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले