२०२४ मा डेब्यु गर्दै यी ५ स्टार किड्स
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
एजेन्सी ।
मुम्बई,माघ ४ गते । वर्ष २०२३ मा केही स्टार किड्स फिल्म अभिनयमा भित्रिए । जसमा सुहाना खान, खुसी कपुर, अलिजेह अग्निहोत्री, राजवीर देओल र अथस्त्य नन्दा रहेका छन् । यो वर्षपछि अर्थात २०२४मा पनि केही स्टार किड्सका डेब्युको चर्चा छ । तीमध्ये केहीको फिल्म घोषणा भइसक्यो, भने केहीको आउने चर्चा छ । यो वर्ष फिल्मी पर्दामा देखिने ५ किड्स जसको चर्चा अहिले गर्न खोजिएको छ ।
राशा तदानी
राशा तदानी अभिनेत्री रवीना टन्डनकी छोरी हुन् । उनी फिल्म डेब्यु अगाडि नै स्टार भएकी छन् । सामाजिक संजालमा उनको निकै फलोअर्स छन् । साउथ सुपरस्टार रामचरणको साउथ फिल्मबाट उनी डेब्यु गर्न लागेको चर्चा छ ।
शनाया कपुर
संजय कपुरकी छोरी शनाया पनि यो वर्ष डेब्यु गर्ने तरखरमा छिन् । उनी हट लुक्स र डान्सको कारणले सधै चर्चामा छाउछिन् । शनायपनि साउथ फिल्मबाट डेब्यु गर्दैछिन् । उनी मोहनलालको पेन इन्डिया फिल्म ‘वृषभा’मा देखिनेछिन् ।
पशमीना रोशन
ऋतिक रोशनकी काकाकी छोरी पश्मीना रोशन पनि यो वर्ष अभिनयमा भित्रिनेछिन् । पश्मीना शाहिद कपुरको फिल्म ‘इश्क विश्क’को रीमेकबाट बलिउडमा भित्रिदैछिन् । ‘इश्क विश्क’ २००३ मा आएको रोमान्टिक फिल्म हो ।
इब्राहिम अलि खान अभिनेता सैफअलि खानका छोरा इब्राहिम अलि खान पनि फिल्ममा डेब्यु गर्ने चर्चा छ । उनी करण जौहरको फिल्म ‘सरजमीत’बाट बलिउडमा देखिदैछन् । तर अहिलेसम्म यो खबर पुष्टि भएको छैन ।
अहान पाण्डे
अभिनेता चंकी पाण्डेका छोरा अहान पाण्डेपनि यो वर्ष अभिनयमा भित्रिने चर्चा छ । उनी यशराज फिल्मको ब्यानरबाट डेब्यु गर्नेछन् ।
साभार : रातोपाटी

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
18 घन्टा पहिले
माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..
19 घन्टा पहिले
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..
काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..
2 दिन पहिले
राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..
2 दिन पहिले
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
3 दिन पहिले