
भारतमा पत्रकार आफैं बन्दै छन् समाचार
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
_1619861911.jpg)
नयाँदिल्ली — भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको शुक्रबार निधन भयो । उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार भइरहेका बेला शुक्रबार बिहान ‘कार्डिआक अरेस्ट’ का कारण उनको मृत्यु भएको हो । सरदानाले आजतक टीभीमा ‘दंगल’ र ‘दस तक’ कार्यक्रम चलाउँथे । त्यस्तै महामारी सुरु भएदेखि नै दिनरात नभनी रिपोर्टिङमा खटेका च्यानल न्युज नेसनका पत्रकार मनोज कुमार आफैं समाचार बने ।
एक वर्षभित्र कैयन् संक्रमितहरूका कथा र व्यथा उनको रिपोर्टिङमा समेटिए । उनले गत मंगलबार कोरोना संक्रमणबाट ज्यान गुमाए । बेलायती पत्रिका द गार्जियनकी दिल्ली संवाददाता ककोली भट्टाचार्यको पनि कोरोनाले नै ज्यान लियो । ५१ वर्षीय भट्टाचार्य करिब १२ वर्षदेखि गार्जियनको दिल्लीस्थित दक्षिण एसिया ब्युरोमा आबद्ध थिइन् ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्याले हरेक दिन नयाँ रेकर्ड बनाउने क्रमसँगै संक्रमणकै कारण मृत्यु हुने पत्रकारहरूको यस्तो सूची दिनहुँ लामो बन्दै गएको छ । एक अध्ययनले पछिल्लो एक वर्षमा महामारीको जोखिमपूर्ण सही सूचनाका लागि कुदिरहेका पत्रकारहरू आफैं पनि संक्रमित भएका छन् र करिब डेढ सय जनाले ज्यान गुमाउनुपरेको छ । प्रेस क्लब अफ इन्डियाले त अप्रिलको महिनामा प्रत्येक दिन कम्तीमा एक जना पत्रकार गुमाउनुपरेको जनाएको छ । भारतीय महिला पत्रकारहरूको सञ्जाल (नेटवर्क अफ वुमन इन मिडिया) को तथ्यांकअनुसार महामारी सुरु भएयता १ सय ५५ जना भारतीय पत्रकारहरूले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यसैगरी इन्स्टिच्युट अफ पर्सेप्सनले गरेको अर्को एक अध्ययनले पछिल्लो एक वर्षमा संक्रमणबाट ज्यान गुमाउनेहरूमा उत्तरप्रदेशका पत्रकार बढी छन् ।
अध्ययनका अनुसार २० अप्रिल २०२० देखि २१ अप्रिल २०२१ सम्ममा उत्तरप्रदेशमा मात्र १५ पत्रकारको मृत्यु संक्रमणका कारण भएको छ । दोस्रो स्थानमा छ तेलंगना । त्यहाँ ११ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा ५ जना पत्रकारको मृत्यु भएको छ । अध्ययनका अनुसार पछिल्लो चार महिना मात्र संक्रमणले ३१ पत्रकारको ज्यान लिएको छ । र, यो संख्या दिनहुँ बढ्दो छ । र, युवादेखि पाका पत्रकारसम्मले कोरोनासँग जुध्दाजुध्दै हार मानेका छन् । वामपन्थी नेता सीताराम यचुरीका ३४ वर्षीय छोरा आशिष यचुरीको पनि संक्रमणबाट एक साताअघि मृत्यु भएको थियो । उनी न्युजलन्ड्रीमा सहायक सम्पादक पदमा कार्यरत थिए । पत्रकार यचुरीको हरियाणाको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अघिल्लो मंगलबार पाका पत्रकारद्वय पीपी पाण्डे र बिजन सरकारले पनि कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकेनन् । त्यस्तै गत आइतबार मुम्बईमा वरिष्ठ द हिन्दुका फोटो पत्रकार विवेक बेन्द्रेको संक्रमणकै कारण मृत्यु भयो । करिब ३० वर्ष फोटो पत्रकारिता गरेका बेन्द्रेले सन् १९९३ मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटको तस्बिरका कारण निकै चर्चा बटुलेका थिए । पाँच दिनअघि अर्का पुराना पत्रकार सन्तोष कुमारको पनि कोरोनाले नै ज्यान लिएको थियो ।

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..
काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..
2 घन्टा पहिले
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..
2 घन्टा पहिले
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
1 दिन पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
1 दिन पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
2 दिन पहिले