भारतमा पत्रकार आफैं बन्दै छन् समाचार
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
नयाँदिल्ली — भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको शुक्रबार निधन भयो । उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार भइरहेका बेला शुक्रबार बिहान ‘कार्डिआक अरेस्ट’ का कारण उनको मृत्यु भएको हो । सरदानाले आजतक टीभीमा ‘दंगल’ र ‘दस तक’ कार्यक्रम चलाउँथे । त्यस्तै महामारी सुरु भएदेखि नै दिनरात नभनी रिपोर्टिङमा खटेका च्यानल न्युज नेसनका पत्रकार मनोज कुमार आफैं समाचार बने ।
एक वर्षभित्र कैयन् संक्रमितहरूका कथा र व्यथा उनको रिपोर्टिङमा समेटिए । उनले गत मंगलबार कोरोना संक्रमणबाट ज्यान गुमाए । बेलायती पत्रिका द गार्जियनकी दिल्ली संवाददाता ककोली भट्टाचार्यको पनि कोरोनाले नै ज्यान लियो । ५१ वर्षीय भट्टाचार्य करिब १२ वर्षदेखि गार्जियनको दिल्लीस्थित दक्षिण एसिया ब्युरोमा आबद्ध थिइन् ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्याले हरेक दिन नयाँ रेकर्ड बनाउने क्रमसँगै संक्रमणकै कारण मृत्यु हुने पत्रकारहरूको यस्तो सूची दिनहुँ लामो बन्दै गएको छ । एक अध्ययनले पछिल्लो एक वर्षमा महामारीको जोखिमपूर्ण सही सूचनाका लागि कुदिरहेका पत्रकारहरू आफैं पनि संक्रमित भएका छन् र करिब डेढ सय जनाले ज्यान गुमाउनुपरेको छ । प्रेस क्लब अफ इन्डियाले त अप्रिलको महिनामा प्रत्येक दिन कम्तीमा एक जना पत्रकार गुमाउनुपरेको जनाएको छ । भारतीय महिला पत्रकारहरूको सञ्जाल (नेटवर्क अफ वुमन इन मिडिया) को तथ्यांकअनुसार महामारी सुरु भएयता १ सय ५५ जना भारतीय पत्रकारहरूले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यसैगरी इन्स्टिच्युट अफ पर्सेप्सनले गरेको अर्को एक अध्ययनले पछिल्लो एक वर्षमा संक्रमणबाट ज्यान गुमाउनेहरूमा उत्तरप्रदेशका पत्रकार बढी छन् ।
अध्ययनका अनुसार २० अप्रिल २०२० देखि २१ अप्रिल २०२१ सम्ममा उत्तरप्रदेशमा मात्र १५ पत्रकारको मृत्यु संक्रमणका कारण भएको छ । दोस्रो स्थानमा छ तेलंगना । त्यहाँ ११ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा ५ जना पत्रकारको मृत्यु भएको छ । अध्ययनका अनुसार पछिल्लो चार महिना मात्र संक्रमणले ३१ पत्रकारको ज्यान लिएको छ । र, यो संख्या दिनहुँ बढ्दो छ । र, युवादेखि पाका पत्रकारसम्मले कोरोनासँग जुध्दाजुध्दै हार मानेका छन् । वामपन्थी नेता सीताराम यचुरीका ३४ वर्षीय छोरा आशिष यचुरीको पनि संक्रमणबाट एक साताअघि मृत्यु भएको थियो । उनी न्युजलन्ड्रीमा सहायक सम्पादक पदमा कार्यरत थिए । पत्रकार यचुरीको हरियाणाको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अघिल्लो मंगलबार पाका पत्रकारद्वय पीपी पाण्डे र बिजन सरकारले पनि कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकेनन् । त्यस्तै गत आइतबार मुम्बईमा वरिष्ठ द हिन्दुका फोटो पत्रकार विवेक बेन्द्रेको संक्रमणकै कारण मृत्यु भयो । करिब ३० वर्ष फोटो पत्रकारिता गरेका बेन्द्रेले सन् १९९३ मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटको तस्बिरका कारण निकै चर्चा बटुलेका थिए । पाँच दिनअघि अर्का पुराना पत्रकार सन्तोष कुमारको पनि कोरोनाले नै ज्यान लिएको थियो ।
पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले छाड्यो
काठमाडौं, असोज ११ : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ। आइतà¤..
21 घन्टा पहिले
मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आà..
काठमाडौं, असाेज ११ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थाà¤..
21 घन्टा पहिले
मिथिलामा ऋषि तर्पणी सम्पन्न
जनकपुरधाम, असोज १० गते । दिवङ्गत पितृहरूप्रति श्रद्धाभाव प्रकट गरेर भोली देखि शुरु हुने सोह्र श्राद्ध भन्दा एक दà¤..
2 दिन पहिले
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
काठमाडौं, असाेज १० : निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डम..
2 दिन पहिले
कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसे..
सुनसरी, असाेज ९ : पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पा..
3 दिन पहिले