Janakpurdham
Thu, Jul 09, 2026
`

अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा भएको यो सम्झौताले दुवै देशबिचको ऊर्जा, रक्षा तथा रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

 मेलबर्नमा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजीसँग भएको द्विपक्षीय वार्तापछि मोदीले दुवै देशबिच आणविक ऊर्जासम्बन्धी महत्त्वपूर्ण सहमति भएको जानकारी दिए ।

‘आज हामीले आणविक ऊर्जासम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छौँ । यसले अस्ट्रेलियाबाट भारतमा युरेनियम आपूर्तिको बाटो खोल्नेछ र स्वच्छ ऊर्जाको हाम्रो लक्ष्यलाई नयाँ गति दिनेछ,’ मोदीले भने ।

दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार अस्ट्रेलियाबाट भारतमा दीर्घकालीन रूपमा युरेनियम निर्यात गरिनेछ । उक्त युरेनियम शान्तिपूर्ण उद्देश्यका लागि मात्रै प्रयोग गरिने स्पष्ट पारिएको छ । भारतले सन् २०४७ सम्म १०० गिगावाट आणविक ऊर्जा उत्पादन क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।

विश्वको करिब २८ प्रतिशत युरेनियम भण्डार रहेको अस्ट्रेलियालाई भारतले लामो समयदेखि सम्भावित प्रमुख आपूर्तिकर्ताका रूपमा हेर्दै आएको थियो ।

उता, अस्ट्रेलियाले पनि आफ्नो प्रमुख व्यापारिक साझेदार चीनमाथिको निर्भरता कम गर्दै नयाँ बजार विस्तार गर्ने रणनीति अन्तर्गत भारतसँगको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयास गरिरहेको छ ।

सम्झौताअनुसार युरेनियम निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले तोकेका सुरक्षा मापदण्ड र निगरानी प्रणालीअन्तर्गत हुनेछ । प्रधानमन्त्री अल्बानीजीले अस्ट्रेलियाली युरेनियम निर्यातले भारतमा जीवाश्म इन्धनको प्रयोग घटाएर स्वच्छ ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अस्ट्रेलिया र भारतबिच सन् २०१४ मै आणविक सहकार्यसम्बन्धी सम्झौता भएको थियो । तर युरेनियमबाट आणविक हतियार निर्माण हुन सक्ने चिन्ताका कारण अस्ट्रेलियाले भारतलाई सीमित मात्रामा मात्रै युरेनियम आपूर्ति गर्दै आएको थियो ।

यस पटकको सम्झौतासँगै दुवै देशले रक्षा सहकार्य अझ सुदृढ बनाउने, महत्त्वपूर्ण खनिज (क्रिटिकल मिनरल्स)को आपूर्ति शृङ्खला विस्तार गर्ने तथा रणनीतिक साझेदारीलाई गहिरो बनाउने सहमति पनि गरेका छन् ।

संयुक्त विज्ञप्तिअनुसार हिन्द महासागरस्थित अस्ट्रेलियाको कोकोस (किलिङ) टापुमा भारतका अन्तरिक्ष परियोजनालाई सहयोग पुर्याउन अस्थायी अन्तरिक्ष ट्र्याकिङ केन्द्र स्थापना गर्ने योजना पनि अघि बढाइएको छ ।

अल्बानीजीले भारत–अस्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री मोदीको नेतृत्व र व्यक्तिगत सक्रियताको प्रशंसा गरेका छन् । अस्ट्रेलिया सरकारका अनुसार आर्थिक वर्ष २०२४/२५ मा दुई देशबिच वस्तु तथा सेवाको द्विपक्षीय व्यापार ५४ अर्ब ४० करोड अस्ट्रेलियन डलर (करिब ३७.७ अर्ब अमेरिकी डलर) पुगेको थियो ।

भारत हाल अस्ट्रेलियाको पाँचौँ ठुलो व्यापारिक साझेदार हो । 


साभार ः रातोपाटी

`
12 comments
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..

1 घन्टा पहिले

इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..

एजेन्सी, असार २५ गते ।  इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..

1 घन्टा पहिले

ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..

काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..

1 घन्टा पहिले

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीक..

काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल ..

1 घन्टा पहिले

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छल..

काठमाडौं, असार २४ : प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषय..

1 दिन पहिले