सिरहा र सर्लाहीमा सीटी स्क्यान सेवा संचालनको तयारी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
राहुल कुमार सिंह
जनकपुरधाम, फागुन ११ गते ।मधेश प्रदेशको सिरहा र सर्लाही जिल्ला अस्पतालमा सीटी स्क्यान सेवा संचालनको लागि तयारी शुरु गरिएको छ । मधेश प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले उतm सेवा संचालनको तयारी अन्तर्गत बिहीवार बोलपत्र आह्वन गरेको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा.मनिष पाण्डेले जानकारी दिएका छन । केन्द्रले आह्वान गरेको वोलपत्रमा १२८ स्लाईसको सीटी स्क्यान मेसिन र मेसिन प्रयोगका लागि निर्धारित मापदण्ड बमोजिमको भवन निर्माणको कार्य पनि रहेको प्रमुख पाण्डेले बताए । सीटी स्क्यान मेसिन र भवन निर्माणका लागि १९ करोड २५ लाख टेण्डर रकम निर्धारण गरिएको छ । केन्द्रले टेण्डरका लागि गोरखापत्रमा सूचना प्रकाशन गरेको र शुक्रवारदेखि टेण्डर भर्ने क्रम जारी रहेको बताईएको छ । सिरहा र सर्लाही जिल्लाको अस्पतालमा सीटी स्क्यान सेवा संचालन भएपछि सो क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता अनत्य हुने सिरहा औरही गाउंपालिकाका रामसुन्दर कामतीले बताएका छन । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले दुबै जिल्लामा छिटटै प्रक्रिया पुरा गरी सीटी स्क्यान सेवा संचालनमा आउने र यसले दुबै जिल्लाका बिरामीलाई सहज हुने बताएका छन ।
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
23 घन्टा पहिले
माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..
23 घन्टा पहिले
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..
काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..
2 दिन पहिले
राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..
2 दिन पहिले
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
3 दिन पहिले