प्रधानाध्यापक यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,फागुन १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
फर्जी हाजिरी जनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, विरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध मुद्दा दायर गरिएको छ ।
उनीहरुले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मार्फत् प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटा अन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको आरोप पत्रमा उल्लेख छ ।
शिक्षक बालेश्वरले ९१ दिनको फर्जी हाजिर जनाई तथा ४७ दिन गयल समेत भई तोकिएको सरकारी कामकाज नगरी विद्यालयलाई हानि पुर्याई १ लाख ३० हजाररुपैयाँ तलब भत्ताको रूपमा गैरकानूनी लाभ लिएको र पूर्व प्रधानाध्यापक धनीलालले फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भई गयल रहेको अवधि ३७ दिनको ६४ हजार ९०० रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
प्रधानाध्यापक भोलीले आफू जिम्मेवारीमा रहँदा न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा ३४ दिन फर्जी हाजिरी गराई ३३ हजार ६१८ रुपैयाँ तलब भत्ता लिएको र अर्का प्रधानाध्यापक विरेन्द्रले पनि हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा २२ दिनको फर्जी हाजिरी गराएको र गयल भएको १० दिनको गरी ३२ हजार ३२४ रुपैयाँ गैरकानूनी लाभ लिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।
साभार : विकास टाइम्स
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
23 घन्टा पहिले
भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मà¥..
काठमाडौं, कात्तिक ११ : भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठ..
23 घन्टा पहिले
एनपिएलमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित
काडमाडाैं, कात्तिक १० : एनपिएलमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार भएको खेलमा बलरहरुले सानदार प्रदर्श..
1 दिन पहिले
एसपी रुपेश खड्काको चरित्रहत्या होइन, तथ्य र प्रमाणका आधा..
— ध्रुव झासामाजिक तथा राजनीतिक अभियन्ता कुनै पनि व्यक्ति, संस्था वा सङ्गठनको मूल्याङ्कन गर्दा सुनेका कुरा, राजà..
1 दिन पहिले
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको यà¥..
काठमाडौं, कात्तिक ९ : पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गरà..
3 दिन पहिले