प्रधानाध्यापक यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,फागुन १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
फर्जी हाजिरी जनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, विरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध मुद्दा दायर गरिएको छ ।
उनीहरुले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारद्वारा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मार्फत् प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटा अन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि ३ वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको आरोप पत्रमा उल्लेख छ ।
शिक्षक बालेश्वरले ९१ दिनको फर्जी हाजिर जनाई तथा ४७ दिन गयल समेत भई तोकिएको सरकारी कामकाज नगरी विद्यालयलाई हानि पुर्याई १ लाख ३० हजाररुपैयाँ तलब भत्ताको रूपमा गैरकानूनी लाभ लिएको र पूर्व प्रधानाध्यापक धनीलालले फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भई गयल रहेको अवधि ३७ दिनको ६४ हजार ९०० रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
प्रधानाध्यापक भोलीले आफू जिम्मेवारीमा रहँदा न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा ३४ दिन फर्जी हाजिरी गराई ३३ हजार ६१८ रुपैयाँ तलब भत्ता लिएको र अर्का प्रधानाध्यापक विरेन्द्रले पनि हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा २२ दिनको फर्जी हाजिरी गराएको र गयल भएको १० दिनको गरी ३२ हजार ३२४ रुपैयाँ गैरकानूनी लाभ लिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।
साभार : विकास टाइम्स
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
20 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
20 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
2 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
3 दिन पहिले