स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक महिलाको मृत्यु, चार घाइते
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन २० : जनकपुरधाममा आइतबार स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बसको ठक्करबाट अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको एन्जल्स सेकेन्डरी स्कुलको बसले हिँडिरहेकी एक जना महिलालाई ठक्कर दिएको थियो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीमा उक्त घटना भएको हो।
दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्हीकी ३५ वर्षीया राखीदेवी यादवको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। घाइतेहरूको विवरण आउन बाँकी छ।
चालकको लापरबाहीले दुर्घटना भएको बताउँदै अहिले स्थानीय बासिन्दा सडमा उत्रिएका छन्। उनीहरुले टायस बाल्दै बस तोडफोड समेत गरेका छन्।
यसअघि गत माघ २५ गते पनि सोही स्थानमास्कुल बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको थियो।
साभार : काठमाडौं प्रेस
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
5 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
5 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले