
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरू जनकपुरधाममा (तस्बिरहरू)
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । बाम-लोकतान्त्रिक गठबन्धनको प्रशिक्षण कार्यक्रमका लागि नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू जनकपुरधाम आइपुगेका छन् ।नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा नेताहरू महेन्द्र राय यादव, शरतसिंह भण्डारी लगायतका नेताहरू जनकपुरधाम आइपुगेका हुन् ।जनकपुर विमानस्थलबाट प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेताहरू सिधा होटल सिता शरण पुगेका छन् । होटलमा प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरूलाई कांग्रेस नेता निधी लगायतले स्वागत गरे । उनीहरू होटलमा खाना खाने र त्यसपछि कार्यक्रममा सहभागी हुने बुझिएको छ ।कार्यक्रममा गठबन्धनका मधेस प्रदेशका सबै उम्मेदवार, पार्टीका जिल्ला अध्यक्ष र इन्जार्जहरु सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरू आएकाले होटल आसपास कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।साभार : नेपाल प्रेस








कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
1 घन्टा पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
1 घन्टा पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
2 दिन पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
2 दिन पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
3 दिन पहिले