अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ राई
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।
उनले निर्देशन गरेको चर्चित नाटक हो, ‘डिग्री माइला’। त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ। नाटक निर्देशनकै बेला उनले शैक्षिक बेरोजगारीको कथालाई रोजेका थिए। डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उनले बताए।
'हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँसँग विचार मिल्दैन', उनले भने, 'त्यसैकारण माइलामार्फत कथा भन्न मन लागेको हो। नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो।'
डिग्री माइला शीर्षकमा चलचित्र बन्ने चर्चा चल्दा धेरैले अभिनेता राईले निर्देशन गर्ने अनुमान गरेका थिए तर उनले नाटक निर्देशन गरे पनि चलचित्र निर्देशन गरेनन्। यद्यपि उनलाई चलचित्र निर्देशन गर्ने चाहना भने छ।
'यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन। अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन। यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटेँ भने दुई चलचित्र निर्देशन गर्छु', अभिनेता राईले भने।
उनले चलचित्र निर्देशन गरे भने आफूले जानेको कुरा प्रयोग गर्ने योजनामा छन्। रङ्गमञ्चमार्फत चलचित्रमा प्राप्त गरेको सफलताले उनको चलचित्रमा व्यावसायिक र कलात्मकमध्ये कुन पाटो हाबी हुन्छ भन्ने कौतूहलता स्वाभाविक छ। उनले भने, 'मैले चयन गर्ने विषयले मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ। किनकि कथालाई कसरी देखाउँदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ। त्यसकारण अहिले त्यस विषयमा धेरै सोचेको छुइन, मप्रति अपेक्षा छ भन्नेमा ज्ञात छु।'
उनले डिग्री माइलाजस्तो व्यावसायिक चलचित्रसँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा अभिनय गरेका छन्। उल्लिखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनाका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन्।
उनी अभिनित ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा थियो। अब प्रदर्शन हुने भनिएको ‘घरज्वाईं’ मा मगर समुदायको कथा छ। ग्रामीण भेग र ओझेलमा परेका समुदायको कथामा अभिनय गर्न पाउँदा उत्साह लाग्ने अभिनेता राईले बताए।
साभार : काठमाडौं प्रेस
‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनà..
काठमाडौं, कात्तिक १९ : सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेभन्दा सञ्चार क्षेत्रलाई व्यवस्थित, व्यावसायिक..
23 घन्टा पहिले
अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्à¤..
जनकपुर, कात्तिक १९: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनाà..
23 घन्टा पहिले
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा
काठमाडौं, कात्तिक १८ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (à¤..
2 दिन पहिले
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण à..
काठमाडौं, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनà..
2 दिन पहिले
हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..
काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..
3 दिन पहिले