Janakpurdham
Tue, May 12, 2026
`

प्रधानमन्त्रीसँग अमेरिकाका राजदूतको भेट

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, कात्तिक ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उहाँले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभएको हो । सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाउनुभएको हो । त्यस्तै उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मित्रराष्ट्र अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न निरन्तर सघाउने प्रतिबद्धता जनाएको छ । नेपालका लागि अमेरिकाका तर्फबाट नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले आफ्नो पहिलो वक्तव्य जारी गर्दै जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा अमेरिकाले नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्ने प्रतिबद्धता जनाउनुभएको हो । नेपालका लागि अमेरिकको राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो सम्मानको विषय भएको उल्लेख गर्दै राजदूत थम्पसनले सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित नेपाल–अमेरिका सम्बन्धप्रति अटल प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ । उहाँले वक्तव्यमार्फत भन्नुभएको छ, “अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु ।”साथै नेपालको नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्न अग्रसर हुने राजदूत थम्पसनले जनाउनुभएको छ । नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाठको अवसरमा आफ्नो कार्यकालभन्दा अगाडिको समय हेर्दै पछिल्ला ७५ वर्षका ठूला उपलब्धिलाई उछिन्ने आशा उहाँले व्यक्त गर्नुभएको छ ।   साभार : गोरखापत्र

`
12 comments
मधेश प्रदेशका मुख्यमन्त्रीले ज्येष्ठ १ गते विश्वासको म..

जनकपुरधाम, बैशाख २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अगामी ज्येष्ठ १ शुक्रवार विश्वासको मत ल..

12 घन्टा पहिले

सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्ष..

काठमाडौँ, बैशाख २८ गते । सरकारले सशस्त्र द्वन्द्वसँग सम्बन्धित सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र नि..

12 घन्टा पहिले

मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने

धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ। जनमत पार्टीले समर्थ..

1 दिन पहिले

दुईदिन भित्रै एईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौं, वैशाख २७ : एसईईको नतिजा दुईदिन भित्रै प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।  नतिजा इ..

1 दिन पहिले

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

2 दिन पहिले