मन्त्रीको कुर्सीमा बसेको प्रमाणित भए राजनीति छाड्ने छु ः पूर्वमन्त्री समीम
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ २ गते । नेपाली काँग्रेसका नेता एवम् मधेश प्रदेशका पूर्वमन्त्री मोहम्मद समीमले प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सोमबार आफू गए पनि त्यहाँ मन्त्रीको कार्यकक्षमा प्रवेश नगरेको, मन्त्रीको कुसीमा नबसेको र मन्त्रालयका कुनै पनि कर्मचारीलाई निर्देशन नदिएको बताएका छन् ।
उनले सोमबार मधेश प्रदेश सरकारको प्रमुख प्रशासकीय केन्द्र मधेश भवनमा गएका बेला गृह, सञ्चार र कानुन मन्त्रालयमा पसेर त्यहाँ प्रतीक्षा गर्ने ठाउँमा अलिक बेर बसेर फर्केको बताए । ‘तर, एउटा सञ्चारमाध्यमले कल्पनासम्म गर्न नसकिने कथा बुनेर प्रस्तुत गरेको छ । भन्नुस्, कोही किन मन्त्रीको कुर्सीमा बस्छन् ? अनि जनप्रतिनिधिले त्यहाँ कर्मचारीसँग कुरा गर्नु भनेको अपराध त होइन नि,’ उनले भने ।
पूर्ववर्ती मन्त्रीका कामकाजका बारेमा आफूले कर्मचारीसँग सोधपुछ गरेको विषयमा सत्यता नरहेको समेत उनले बताए । उनले कुनै पनि मन्त्रालयका विषयमा जनप्रतिनिधिले प्रश्न वा जिज्ञासा राख्ने प्रक्रियाबारे आफू जानकार रहेको तथा दुईपटक प्रदेशसभा सदस्यमा जनादेशबाट निर्वाचित भएको र मन्त्रीसमेत भइसकेको हुँदा फरक ढंगले प्रस्तुत हुने कुरा सोच्न नसकिने बताए ।
‘मलाई बदनाम गराउने षड्यन्त्र भएको छ । हुँदै नभएका कुरा गरेर कोहीकोहीलाई तत्काल खुसी हुनसक्छ । तर, यसले दीर्घकालमा राम्रो प्रभाव पर्दैन । कसैमाथि पनि नखाएको विष लाग्न सक्छ,’ पूर्वमन्त्री समीमले भने ।
उनले सोमबार मन्त्रालयमा आफूले कुनै गलत हर्कत गरेको कसैले प्रमाणित गरिदिए राजनीतिक जीवनबाटै सन्नयास लिने चुनौती दिए । उनले भने, ‘मन्त्रालयका जिम्मेवार अधिकारीहरूले त्यस्तो कुनै पनि घटना नभएको भनिसकेका छन् । अझ पनि कसैलाई सनदेह छ भने त्यस दिनको सिसिटिभी फुटेज खँगाल्दा हुन्छ ।’
गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले सिसिटिभी फुटेज र अन्य जानकारीका आधारमा परीक्षण गर्दा सोमबार त्यस्तो कुनै घटना नभएको बताए ।
‘मन्त्रालयमा जनप्रतिनिधि आउनु र कर्मचारीसँग कुरा गर्नु सामान्य कुरा हो । यसलाई अन्यथा लिन मिल्दैन,’ सचिव यादवले भने ।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
14 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
14 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले