
मन्त्रीको कुर्सीमा बसेको प्रमाणित भए राजनीति छाड्ने छु ः पूर्वमन्त्री समीम
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, जेठ २ गते । नेपाली काँग्रेसका नेता एवम् मधेश प्रदेशका पूर्वमन्त्री मोहम्मद समीमले प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सोमबार आफू गए पनि त्यहाँ मन्त्रीको कार्यकक्षमा प्रवेश नगरेको, मन्त्रीको कुसीमा नबसेको र मन्त्रालयका कुनै पनि कर्मचारीलाई निर्देशन नदिएको बताएका छन् ।
उनले सोमबार मधेश प्रदेश सरकारको प्रमुख प्रशासकीय केन्द्र मधेश भवनमा गएका बेला गृह, सञ्चार र कानुन मन्त्रालयमा पसेर त्यहाँ प्रतीक्षा गर्ने ठाउँमा अलिक बेर बसेर फर्केको बताए । ‘तर, एउटा सञ्चारमाध्यमले कल्पनासम्म गर्न नसकिने कथा बुनेर प्रस्तुत गरेको छ । भन्नुस्, कोही किन मन्त्रीको कुर्सीमा बस्छन् ? अनि जनप्रतिनिधिले त्यहाँ कर्मचारीसँग कुरा गर्नु भनेको अपराध त होइन नि,’ उनले भने ।
पूर्ववर्ती मन्त्रीका कामकाजका बारेमा आफूले कर्मचारीसँग सोधपुछ गरेको विषयमा सत्यता नरहेको समेत उनले बताए । उनले कुनै पनि मन्त्रालयका विषयमा जनप्रतिनिधिले प्रश्न वा जिज्ञासा राख्ने प्रक्रियाबारे आफू जानकार रहेको तथा दुईपटक प्रदेशसभा सदस्यमा जनादेशबाट निर्वाचित भएको र मन्त्रीसमेत भइसकेको हुँदा फरक ढंगले प्रस्तुत हुने कुरा सोच्न नसकिने बताए ।
‘मलाई बदनाम गराउने षड्यन्त्र भएको छ । हुँदै नभएका कुरा गरेर कोहीकोहीलाई तत्काल खुसी हुनसक्छ । तर, यसले दीर्घकालमा राम्रो प्रभाव पर्दैन । कसैमाथि पनि नखाएको विष लाग्न सक्छ,’ पूर्वमन्त्री समीमले भने ।
उनले सोमबार मन्त्रालयमा आफूले कुनै गलत हर्कत गरेको कसैले प्रमाणित गरिदिए राजनीतिक जीवनबाटै सन्नयास लिने चुनौती दिए । उनले भने, ‘मन्त्रालयका जिम्मेवार अधिकारीहरूले त्यस्तो कुनै पनि घटना नभएको भनिसकेका छन् । अझ पनि कसैलाई सनदेह छ भने त्यस दिनको सिसिटिभी फुटेज खँगाल्दा हुन्छ ।’
गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले सिसिटिभी फुटेज र अन्य जानकारीका आधारमा परीक्षण गर्दा सोमबार त्यस्तो कुनै घटना नभएको बताए ।
‘मन्त्रालयमा जनप्रतिनिधि आउनु र कर्मचारीसँग कुरा गर्नु सामान्य कुरा हो । यसलाई अन्यथा लिन मिल्दैन,’ सचिव यादवले भने ।

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
2 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
3 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
1 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
1 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 दिन पहिले