Janakpurdham
Mon, Nov 02, 2026
`

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेकी छन्।

सो अवसरमा प्रधानमन्त्रीले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे।

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए । उनले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको समेत बताए।

उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्रीले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताए।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्। 

उनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन्।

साभार ः काठमाडौं प्रेस

`
12 comments
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..

21 घन्टा पहिले

सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..

18 घन्टा पहिले

कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..

मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..

2 दिन पहिले

देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह

काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..

2 दिन पहिले

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..

काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..

3 दिन पहिले