Janakpurdham
Sat, Oct 31, 2026
`

गृहमन्त्री लामिछानेविरुद्ध संसदको अवेहलना गरेको भन्दै कारबाही माग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ७ः नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवहेलनामा कारबाहीको माग गर्दै सभामुखलाई निवेदन दिएका छन्।

नेता गुरुङले गृहमन्त्री लामिछानेविरुद्ध संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको बताएका छन्। लामिछानेको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारबाही गर्न गुरूङको माग छ।

अवहेलना निवदनमा भनिएको छ, ‘प्रतिनिधि सभा नियमावालीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकाले सोतर्फ समेत विचार गरी निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भीर रूपले माग गर्दछु।’

अवहेलना निवेदनमा रातो कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २४ असोज २०६४ मा गरेको फैसलाको प्रतिलिपि समेत संलग्न गरिएको छ। गुरूङले लामिछानेको उक्त भनाइले अदालत र संसदको समेत अवहेलना गरेको भन्दै कारबाहीको माग गरेका हुन््। संसदमा लामिछानेले अनैतिक र तथ्यहीन आरोप लगाएको भन्दै गुरुङले ती आरोपलाई पुष्टि गर्नुपर्ने र नभए उनीमाथि कारबाही हुनुपर्ने भनाई राखेका छन्।

लामिछानेमाथि कारबाहीको माग गर्दै दिएको अवहेलना निवेदनमा प्रतिनिधि सभाको रोष्टमबाट औचित्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइचढाइ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम र्सजना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको उल्लेख छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..

मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..

3 घन्टा पहिले

देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह

काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..

3 घन्टा पहिले

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..

काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..

1 दिन पहिले

माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्‍यो

काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..

1 दिन पहिले

अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..

काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..

2 दिन पहिले