Janakpurdham
Sat, Oct 31, 2026
`

ओलीलाई अर्थमन्त्रीको जवाफ- बजेट माओवादीतिर होइन, जनतातिर ढल्केको छ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २३ गते । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।

बुधबार संसदभवन बाहिर सञ्चारकर्मीहरूले गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महसुस ? भयो भन्ने प्रश्नको जवाफ दिँदै सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए ।

अर्थमन्त्रीले भने, ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । नेकपा माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन् । यथार्थ होइन । मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरूमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ । सबैको सहयोग आवश्यक छ । सरकारले बजेट कार्यान्वयन गर्छ र वस्तुगत रूपमा रिजल्ट पनि दिन्छौं ।’

 मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको उनको दाबी छ । हरेक तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने पुनले बताए ।
 पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको टिप्पणी गरेका थिए ।

सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको भन्दै पुनले सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रूपमा परिणाम निकाल्ने प्रतिवद्धता जनाए ।

साभार : नेपाल प्रेस

`
12 comments
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..

काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..

12 घन्टा पहिले

माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्‍यो

काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..

12 घन्टा पहिले

अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..

काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..

1 दिन पहिले

राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो

काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..

1 दिन पहिले

जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..

काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..

2 दिन पहिले