Janakpurdham
Tue, Oct 13, 2026
`

‘टेण्डर मार्फत काम गराउन खोज्दा सरकारको विकास खर्च कम देखियो’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस २३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले विकासको काम खुल्ला टेण्डर प्रक्रियाबाट गर्ने भएकाले प्रदेश सरकारको खर्चको गति कम भएको स्वीकार गर्नुभएको छ ।

प्रदेश सभाको आजदेखि शुरु भएको चौथो अधिवेशनको शुभकामना मन्तव्यको क्रममा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेश सरकारको गति सुस्त भएको गुनासो गरेपछि त्यसको जवाफमा उहाँले मधेश प्रदेश सरकारको कामको गति कम भए पनि निराशाजनक नभएको दाबी गर्दै प्रदेशका ६४ निर्वाचन क्षेत्रका लागि ५ किलोमिटर कालोपत्रे सडक तथा एक निर्वाचन क्षेत्रमा पुलको टेण्डर भएपछि खर्चको गति बढ्ने बताउनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनको सरकार भएकाले वर्तमान प्रदेश सरकारलाई काम गर्नमा अवरोध नगरेको दाबी गर्दै काँग्रेसले काम गर्न नदिएको आरोपमा सत्यता नभएको बताउनुभयो ।

पूर्व मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले वर्तमान सरकारको सुस्त गतिका कारणले सङ्घीयताप्रति नै प्रश्न उठ्न लागेकाले जनताको पक्षमा सरकारले काम गर्न सकोस् भन्ने शुभकामना दिनुभयो ।

नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य शारदा देवी थापाले सरकारले काममा ढिलाइ गर्दा पछुताउनु बाहेक अरू केही हासिल नहुने भएकाले विकास निर्माणको काममा गति दिन सुझाव दिनुभयो ।

प्रदेश सभाको अर्को बैठक भोली बस्ने गरि स्थगित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो । बैठक करिब ४ महिनापछि बसेको थियो ।


साभार ः रेडियो नेपाल

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

23 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

23 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले