Janakpurdham
Wed, Oct 14, 2026
`

धनुषाधाममा मक्कर संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,पुस २९ गते । धनुषा जिल्लाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा भोली देखि शुरु हुने मक्कर संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । 

माघ महिनाको हरेक हप्ताको आइतबार तथा मङ्गलवार लाग्ने मक्कर मेलाको शुभारम्भ यस पटक मङ्गलवार नै परेको छ । धनुषाधाममा लाग्ने मक्कर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका तथा मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ । 

धनुषाधामको मक्कर मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतको विभिन्न प्रदेशबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गरेको छ । 

धनुषाधाममा रहेको धनुषा मन्दिरमा पूजा अर्चना गरेको खण्डमा चिताएको सबै कुरा पुरा हुने भएकाले ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा अनुसार भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएका थिए । 

तीन टुक्रा मध्ये एक पाताल अर्को आकाश तथा तेस्रो धनुषाको धनुषाधाममा खसेका थिए । धनुषाधाममा धनुषको आकार जस्तो देखिने अलौकिक धातु अहिले पनि रहेको र सो धातु नै भगवान् शिवको पिनाक धनुष रहेको धार्मिक मान्यता रहेको कारणले मक्कर मेलामा धनुषको दर्शनका लागि लाखौँ भक्तजनहरू धनुषाधाम पुग्ने गरेको छ ।  

साभार ः रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

16 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

16 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले