Janakpurdham
Wed, Oct 28, 2026
`

धनुषाधाममा मक्कर संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,पुस २९ गते । धनुषा जिल्लाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा भोली देखि शुरु हुने मक्कर संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । 

माघ महिनाको हरेक हप्ताको आइतबार तथा मङ्गलवार लाग्ने मक्कर मेलाको शुभारम्भ यस पटक मङ्गलवार नै परेको छ । धनुषाधाममा लाग्ने मक्कर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका तथा मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ । 

धनुषाधामको मक्कर मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतको विभिन्न प्रदेशबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गरेको छ । 

धनुषाधाममा रहेको धनुषा मन्दिरमा पूजा अर्चना गरेको खण्डमा चिताएको सबै कुरा पुरा हुने भएकाले ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा अनुसार भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएका थिए । 

तीन टुक्रा मध्ये एक पाताल अर्को आकाश तथा तेस्रो धनुषाको धनुषाधाममा खसेका थिए । धनुषाधाममा धनुषको आकार जस्तो देखिने अलौकिक धातु अहिले पनि रहेको र सो धातु नै भगवान् शिवको पिनाक धनुष रहेको धार्मिक मान्यता रहेको कारणले मक्कर मेलामा धनुषको दर्शनका लागि लाखौँ भक्तजनहरू धनुषाधाम पुग्ने गरेको छ ।  

साभार ः रेडियो नेपाल

`
12 comments
एनपिएलमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काडमाडाैं, कात्तिक १० : एनपिएलमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार भएको खेलमा बलरहरुले सानदार प्रदर्श..

2 घन्टा पहिले

एसपी रुपेश खड्काको चरित्रहत्या होइन, तथ्य र प्रमाणका आधा..

— ध्रुव झासामाजिक तथा राजनीतिक अभियन्ता कुनै पनि व्यक्ति, संस्था वा सङ्गठनको मूल्याङ्कन गर्दा सुनेका कुरा, राजà..

2 घन्टा पहिले

आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको यà¥..

काठमाडौं, कात्तिक ९ : पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गरà..

2 दिन पहिले

एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने- नेपाली कà¥..

काठमाडौं, कात्तिक ९ : प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना वà¥..

2 दिन पहिले

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

काठमाडौं, कात्तिक ८ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादशैंको अन्तिम दिन कोजाग्रत पूà..

3 दिन पहिले