Janakpurdham
Thu, Sep 24, 2026
`

निर्वाचन विथोल्न २३ वटा समूह सक्रिय,नियन्त्रण गर्न गृहको निर्देशन

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर । मंसिर ४ गते हुने  निर्वाचन  विथोल्नका लागि  २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीका मन्त्रालयका प्रवक्ता एवं सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले साना तथा ठूला २३ वटा समूह निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहेको बताएका हुन् । 
‘निर्वाचनको सबै तयारी भइसकेको बताउँदै  उनले निर्वाचन विरोधी गतिविधि गर्नेहरुई नियन्त्रण गर्न निर्देशन दिए । ‘ निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न समूह सक्रिय छन्,’ उनले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूह अलि धेरै संख्याको पनि छ ।’

निर्वाचन विरोधी समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न तथा निष्तेज पार्न र निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ एवं निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए । सुरक्षाका दृष्टिकोणले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी रहेको उनको भनाइ छ । उनका अनुसार उचित सुरक्षा प्रबन्ध मिलाएर अति संवेदनशील र संवेदनशील मतदानस्थललाई सामान्यीकरण गर्दै लगिने छ । निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको पोखरेल बताउँछन् । उनका अनुसार मतदातामा त्रास उत्पन्न नहुने हिसाबले सुरक्षा व्यवस्था मिलाइएको छ । साथै समयमा हतियार नबुझाउनेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशनसमेत दिएको छ । मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने मन्त्रालयले जनाएको छ । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी मन्त्रालयले दिएको छ ।  गृह प्रवक्ता पोखरेलले निर्वाचनका लागि राज्यका सबै स्रोत साधनको प्रयोग गरिएको जानकारी दिए ।   
प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेशको सुरक्षा व्यवस्था मजवुत बनाउन सरकार गम्भीर रहेको जानकारी दिए । ‘प्रदेश १ ले शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ,’ उनले भने, ‘निर्वाचन सफल बनाउन सुरक्षा निकाय सक्रिय बनेका छन् ।’ दैनिक काम कारबाहीसँगै निर्वाचनलाई सफल बनाउन शान्ति सुरक्षालाई खलल पुर्याउने समूहको पहिचान गरेर नियन्त्रण गर्न सुरक्षा संयन्त्रले काम गरिरहेको कार्कीले बताए ।  निर्वाचनलाई लक्षित गरेर अवरोध पुर्याउने सम्भावित स्थानको ‘रेकी’ गर्ने काम भइरहेको जानकारी उनले दिए । 
 गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा गृह सचिव विनोदप्रकाश सिंह, प्रदेश १ का निमित्त सचिव किशोरकुमार चौधरी, नेपाली सेनाको बलाधिकृत विभागका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्रका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा लगायत सहभागी छन् ।  साभार : कोसी अनलाइन

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

18 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

18 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले