
ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताएका छन् । नेपालको कानून बमोजिम ओलीले आफूहरुलाई कारबाही गर्न नसक्ने उनले दाबी गरे ।
बुधबार नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेता रावलले ओलीले पार्टी विधान विपरितका क्रियाकलाप गरेकाले त्यो नरोकिएसम्म आफूहरुको अभियान जारी रहने बताए ।
‘उहाँ (केपी शर्मा ओली)ले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा एमालेको विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभयो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने गतिविधि गर्नुभएको छ,’ उनले भने, ‘यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौं, हामीले यसलाई जारी राख्नुपर्छ ।’
नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको समेत बताए । सरकारले प्रभावकारी काम गर्नका लागि आव्हान गर्ने निर्णय आफूहरुको भेलाले गरेको उनको भनाइ छ ।

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन..
काठमाडौं,असोज ६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको सहमति क..
12 घन्टा पहिले
मधेश प्रदेशका सबै प्रादेशिक अस्पतालमा आँखाको उपचार शुर..
जनकपुरधाम,असोज ६ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशको ७ ..
13 घन्टा पहिले
महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गंभीर घाइ..
प्रिया कर्ण जनकपुरधाम,असोज ६ गते । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-७ मा छिमेकीको कुटपिटबाट एक जना महिला गं..
13 घन्टा पहिले
द्वन्द्व प्रभावितको परिपुरणका लागि ध्यानाकर्षण पत्र
जनकपुरधाम, असोज ५ गते ।द्वन्द्व प्रभावितहरुको मानव अधिकारको सम्मान, संरक्षण र पुरिपुरणका लागि विभिन्न माग राखि ओ..
1 दिन पहिले
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु
सर्लाही,असोज ५ गते । सर्लाही जिल्ला सदरमुकाम मलंगलामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ।दुई समुदाय..
2 दिन पहिले