Janakpurdham
Thu, Sep 24, 2026
`

प्रकाशमानको आग्रह- यसपटक कांग्रेसलाई बलियो बनाउनुस्

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।काठमाडौं- १ का उम्मेदवारसमेत रहेका सिंहले संविधानको कार्यान्वन नहुँदै संघीयता, गणतन्त्र धर्मनिरपेक्षताजस्ता परिवर्तनविरुद्ध गतिविधि गरी देशलाई पुन: अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरे ।`के हामी सधैँ राजनीतिक अस्थिरतामा बस्ने ? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो,´ सिंहले भने ।जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनको भनाइ थियो ।`कांग्रेस कमजोर हुँदा पहिलो संविधानसभा असफल भयो । जनताले दोस्रो पटक कांग्रेसलाई बलियो बनाएपछि संविधान बन्यो ´,उनले भने, `संविधान आएपछिको पहिलो आम चुनावमा कांग्रेस कमजोर बन्दा संविधानको कार्यान्वयन हुन सकेन । यसपटक कांग्रेस बलियो बनाउनुस् । संविधानको पूर्ण कार्यान्वयन गर्नेछौं । गाउँमा सिंहदरबार नारामा होइन व्यवहारमा पुर्‍याउनेछौं ।´साभार : नेपाल प्रेस

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

18 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

18 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले