‘महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न जरुरी’
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख ११ गते । महिला विरुद्धको हुने सबै किसिमको भेदभाव उन्मूलन सम्बन्धि महासन्धिको मर्म अनुसारको प्रतिबद्धता पुरा गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा आज जनकपुरधाममा सम्पन्न सिड सिफारिसहरूको कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका सम्बन्धि प्रादेशिक परामर्श कार्यक्रमका सहभागीहरूले तीनै तहहरू बीचमा अधिकतम सहकार्य भएमा कार्यान्वयन हुने बताउनुभएको हो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि महिलामाथि हुने गरेको सबै प्रकारको विभेदहरूको समाधान गर्न राजनीतिमा महिलाको सहभागितामा वृद्धि र महिलाको पक्षमा धेरै कानुनहरूको निर्माण भएको भएपनि कार्यान्वयनको अवस्था कमजोर भएको सहभागीहरूले बताउनुभएको छ ।
कार्यक्रममा इन्सेकका मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशका जिल्लाहरूमा महिला हिंसामा वृद्धि भएको र बालविवाह जस्ता सामाजिक तथा कतिपय सांस्कृतिक कुरीतिहरू यथावत् रहेकाले यसको समाधानका लागि थप प्रयास गर्न जरुरी रहेको बताउनुभयो । खास गरेर नेपालमा मधेशी र त्यसमा पनि दलित मधेशी महिलाको अवस्था अझै कमजोर रहेको उहाँको भनाइ छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले मधेश प्रदेश सरकारले महिलामाथि हुने गरेको हिंसाको नियन्त्रणका लागि नीतिगत तथा कानूनी सुधारका लागि काम अगाडी बढाइएको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका काठमाडाँैस्थित कार्यालयका प्रतिनिधि समीर घिमिरेले मधेश प्रदेश सरकारले महिला विरुद्ध हुने सबै किसिमको भेदभाव उन्मूलनका लागि थप प्रयास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले महिलाहरूको राज्यका हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि विशेष रुपमा लाग्नुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा.नरेन्द्र कुमार मिश्रले महिलाको राज्यका हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि नीतिगत तथा कानूनी सुधार आवश्यक रहेको उल्लेख गर्नुहुँदै यसमा तीनै तहका सरकारले थप काम गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि तथा गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
साभार : रेडियो नेपाल
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
10 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
10 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
1 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
1 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले