Janakpurdham
Thu, Oct 23, 2025
`

मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री चौधरी 

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारको निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट विनियोजन गर्ने बताउनुभएको छ । 

मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको समन्वयमा आजदेखि जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले नयाँ बजेटमा मधेश प्रदेशमा नयाँ रंगशालाको निर्माण तथा पुराना संरचनाको मर्मतका लागि उचित बजेट विनियोजन गर्ने उल्लेख गर्नुहुँदै जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउनका लागि पहल गरिरहेको बताउनुभयो । 

मन्त्री चौधरीले खेलकुदको विकासमा स्थानीय तहको अहम् भूमिका रहेको भन्नुहुँदै जनकपुरधाम उपमहानगरपालिकाले निरन्तर रुपमा मेयर कपको आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि वैधानिक प्रक्रिया अगाडी बढाइसकेकाले चाँडै रंगशाला निर्माणको बाटो खुल्ला हुने बताउनुभयो ।

उहाँले मधेश प्रदेशकै आठ जिल्लामा रंगशालाको निर्माण गर्ने पक्षमा प्रदेश सरकार भएको भन्नुहुँदै पुराना अधुरा खेलकुदको आयोजनाहरूको निर्माण सम्पन्न गर्नुपर्ने दायित्व पनि प्रदेश सरकारकै भएको बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माण प्रक्रिया अगाडी बढिसकेको बताउँदै रंगशालाको निर्माण चाँडै हुने आशा व्यक्त गर्नुभयो । 

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पद्म खडकाले नेपाली खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहयोग र साथ आवश्यक भएको बताउनुभयो । 

आजदेखि जेठ २ गतेसम्म चल्ने तेस्रो जनकपुरधाम मेयर कप प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका अतिरिक्त भारतको विहारका मुजफ्फरपुर, पुरनीया, उत्तर प्रदेशका लखनाऊ र दिल्लीका ४ टिम गरेर कूल १२ टिमको सहभागिता रहेको छ । 

टी–२० क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख नगद र ट्रफी, उपविजेतालाई १ लाख २५ हजार नगद र ट्रफी, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको पाँच हजारको गिफ्टका साथै ३ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 

त्यस्तै, प्रतियोगितामा वेष्ट व्याट्स म्यानलाई १० हजार, वेष्ट वलरलाई १० हजार, म्यान अफ दि सिरिज हुने खेलाडीलाई १५ हजार नगद ट्रफीसहित पुरस्कृत गरिने भएको जिल्ला क्रिकेट संघका सचिव अशिष झाले जानकारी दिनुभयो ।     

साभार : रेडियो नेपाल

`
12 comments
जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

6 घन्टा पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

6 घन्टा पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

20 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

20 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

2 दिन पहिले