Janakpurdham
Sat, Oct 10, 2026
`

मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री चौधरी 

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारको निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट विनियोजन गर्ने बताउनुभएको छ । 

मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको समन्वयमा आजदेखि जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले नयाँ बजेटमा मधेश प्रदेशमा नयाँ रंगशालाको निर्माण तथा पुराना संरचनाको मर्मतका लागि उचित बजेट विनियोजन गर्ने उल्लेख गर्नुहुँदै जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउनका लागि पहल गरिरहेको बताउनुभयो । 

मन्त्री चौधरीले खेलकुदको विकासमा स्थानीय तहको अहम् भूमिका रहेको भन्नुहुँदै जनकपुरधाम उपमहानगरपालिकाले निरन्तर रुपमा मेयर कपको आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि वैधानिक प्रक्रिया अगाडी बढाइसकेकाले चाँडै रंगशाला निर्माणको बाटो खुल्ला हुने बताउनुभयो ।

उहाँले मधेश प्रदेशकै आठ जिल्लामा रंगशालाको निर्माण गर्ने पक्षमा प्रदेश सरकार भएको भन्नुहुँदै पुराना अधुरा खेलकुदको आयोजनाहरूको निर्माण सम्पन्न गर्नुपर्ने दायित्व पनि प्रदेश सरकारकै भएको बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माण प्रक्रिया अगाडी बढिसकेको बताउँदै रंगशालाको निर्माण चाँडै हुने आशा व्यक्त गर्नुभयो । 

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पद्म खडकाले नेपाली खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहयोग र साथ आवश्यक भएको बताउनुभयो । 

आजदेखि जेठ २ गतेसम्म चल्ने तेस्रो जनकपुरधाम मेयर कप प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका अतिरिक्त भारतको विहारका मुजफ्फरपुर, पुरनीया, उत्तर प्रदेशका लखनाऊ र दिल्लीका ४ टिम गरेर कूल १२ टिमको सहभागिता रहेको छ । 

टी–२० क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख नगद र ट्रफी, उपविजेतालाई १ लाख २५ हजार नगद र ट्रफी, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको पाँच हजारको गिफ्टका साथै ३ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 

त्यस्तै, प्रतियोगितामा वेष्ट व्याट्स म्यानलाई १० हजार, वेष्ट वलरलाई १० हजार, म्यान अफ दि सिरिज हुने खेलाडीलाई १५ हजार नगद ट्रफीसहित पुरस्कृत गरिने भएको जिल्ला क्रिकेट संघका सचिव अशिष झाले जानकारी दिनुभयो ।     

साभार : रेडियो नेपाल

`
12 comments
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..

24 घन्टा पहिले

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनश..

काठमाडौँ, असोज २३ : सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वको समय..

24 घन्टा पहिले

नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लà..

काठमाडौं, असाेज २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सà¤..

2 दिन पहिले

विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलि..

काठमाडौं, असाेज २२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधà¤..

2 दिन पहिले

इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग

काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..

3 दिन पहिले