Janakpurdham
Mon, Aug 25, 2025
`

अनलाइन सञ्चारमाध्यमबाट दल र उम्मेदवारले विज्ञापन गर्न पाउने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ | मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारले पालना गर्नुपर्ने सञ्चारमाध्यमको प्रयोगसम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एमएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्थाबमोजिम प्रकाशन तथा प्रसारण गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमले मापदण्डभित्र रहेर निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्णय निर्णय आयोगले गरेको छ ।

विज्ञापन प्रकाशन/प्रसारणका लागि आयोगद्वारा जारी मापदण्ड

(क) राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसार सम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्य-दृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने,

(ख) राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउन सक्ने,

(ग) खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने,

(घ) खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने,

(ङ) खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा विदेशी अनलाइन सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण गर्न नहुने,

(च) राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नु पर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने ।

साभार : कान्तिपुर

`
12 comments
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

10 घन्टा पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

11 घन्टा पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

2 दिन पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

2 दिन पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

2 दिन पहिले