Janakpurdham
Thu, Oct 16, 2025
`

ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो? भन्दै प्रश्न गरे। 

‘२०७९ को संघिय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं, अहिले एमालेसँग सरकारमा छौं। त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो? कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ। तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ नेता कोइरालले भने, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ? सभापतिज्युले यसको चितबुझ्ने जवाफ दिनुपर्छ।’

उनले पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भए लगत्तै आफूले भागबण्डाको राजनीति गर्दिन भनेर भनेको स्मरण गरे। तर कांग्रेसले त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानेको उनको गुनासो छ। 

‘मैले आज बाध्य भएर भनिरहेको छु। पार्टीमा एकता होस, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४औं महाधिवेशनमा पराजित भए लगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ,’ उनले भने, ‘सभापति एवं पदाधिकारीहरुले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।’

उनले २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो । फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको बिज्ञप्ती आयो यो कस्तो राजनीति थियो ? भन्दै प्रश्न गरे। 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

22 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

22 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले