Janakpurdham
Mon, Oct 12, 2026
`

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ६ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन्।

नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे। अर्कोतर्फ, वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो।

‘अहिले हामी जुन विश्वमा बाँचेका छौं, जुन अवस्थामा उभिएका छौं, यसका दुईवटा पाटा छन्। कसैकसैले निराशा देखिरहेका छन्, सबै बर्बाद भयो भन्ने मात्र ठानिरहेका छन् । र उनीहरूले निराशाको प्रचार गरिरहेका छन् । अर्कोतर्फ निराशालाई वास्तै नगरी एउटै पाटोलाई मात्रै हेरेर चल्ने पनि प्रवृत्ति हुनसक्छ,’ उनले भने। 

उनले आफूहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्ने बताए। निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे। वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो।

‘हामी द्वन्द्ववादी हौं । जटिलतालाई पनि हेर्छौं, सम्भावनालाई पनि हेर्छौं। निराशालाई पनि हेर्छौं, आशालाई पनि हेर्छौं। निराशा कसरी चिर्नुपर्छ, त्यसको उपाय पनि खोज्छौं । पहिला रोग पत्ता लगाउनुपर्छ। रोग पत्ता लगाएनौं भने उचित उपचार दिन सक्दैनौं । वास्तविकता पहिला पत्ता लगाउनुपर्छ,’ उनले भने।

यसैगरी उनले कम्युनिस्टहरू निराश नभई आशावादी भएर अगाडि बढ्नुपर्ने बताए । उनले कम्युनिस्ट आन्दोलन नेपालमा विभिन्न उथलपुथल र राजनीतिक उतारचढावका बीचबाट अघि बढेको उल्लेख गरे। विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा कम्युनिस्टहरूको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

नेपालले कम्युनिस्ट आन्दोलनका क्रममा पछिल्ला वर्षहरूमा ठूला राजनीतिक परिवर्तनहरू देखिएको उल्लेख गर्दै विशेषगरी २०७९ सालको निर्वाचनपछि अप्रत्यासित परिणामहरू प्राप्त भएको बताए। उनका अनुसार २०८२ सालको निर्वाचनले समेत अपेक्षा विपरीत परिणाम दिएको छ, जसले पार्टीलाई गम्भीर शिक्षा दिएको छ।

उनले अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए। कम्युनिस्टहरू आशावादी भएर सबै खालका चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै उनले नेपालको सन्दर्भमा राजनीतिक प्रतिस्पर्धा र संघर्षबीच कम्युनिस्ट आन्दोलन अघि बढिरहेको धारणा व्यक्त गरे।

‘हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो। त्यो आशावादी भएर हामीले सबै खालका चुनौतीको सामना गर्ने हो। नेपालको सन्दर्भमा पनि चर्चा गर्ने हो भने धेरै उथलपुथलको बीचबाट उतारचढावको बीचबाट नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ,’ उनले भने, ‘विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा पनि कम्युनिस्टहरूले नै महत्वपूर्ण भूमिका खेलेका छन्। यो सबै अवस्थाभित्र अहिले खासगरी २०७९ सालको निर्वाचनपश्चात निकै ठूलो परिवर्तन देखा परेको छ। अहिलेको ०८२ सालको चुनावले कल्पना नगरेको परिणाम प्राप्त गरेका छौं। यो हाम्रा लागि निकै ठूलो शिक्षा पनि हो। अब आफूभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता छ।’

कार्यक्रममा उनले नेपाली समाजमा समयपालनको समस्या अझै कायम रहेको टिप्पणी पनि गरे। कार्यक्रममा समयमै उपस्थित हुने प्रतिबद्धता जनाएपनि धेरै बुद्धिजीवीहरू ढिला आउने गरेको भन्दै उनले यस्तो बानी सुधार्न आवश्यक रहेको बताए।

बुद्धिजीवीहरूले ज्ञान, विज्ञान, प्रविधि र संगठनका क्षेत्रमा विश्वभरका उत्कृष्ट अनुभव र अभ्यासहरू आत्मसात गर्नुपर्ने उनको धारणा थियो। उनले विचारमा उत्कृष्ट, संगठनमा सुदृढ, कार्यशैलीमा प्रभावकारी र व्यवहारमा लोकप्रिय बन्ने दिशामा पार्टीलाई अघि बढाउन नेपाल बुद्धिजीवी संगठनले महत्वपूर्ण वैचारिक योगदान दिनुपर्ने बताए।

संगठन निर्माण केवल नाम र समिति गठनमै सीमित हुन नहुने उल्लेख गर्दै उनले समितिका बैठक नियमित रूपमा बसे वा नबसेका, गहन छलफल भए वा नभएका तथा जिम्मेवारीको कार्यान्वयन र परिणामबारे समीक्षा हुनुपर्नेमा जोड दिए। 

यस्ता विषयमा अपेक्षित मूल्यांकन र समीक्षा हुन नसकेको भन्दै उनले संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

साभार ः काठमाडौं प्रेस

`
12 comments
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

23 घन्टा पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

23 घन्टा पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..

काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..

2 दिन पहिले

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..

3 दिन पहिले