Janakpurdham
Tue, May 21, 2024
`

ओलीले बोलाए महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको बताए ।

अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । स्पष्टीकरण सोधिएका अन्य सांसदहरुमाथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने अनुमान एमाले नेताहरुले गरेका छन् ।

पार्टीमा गुटगत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले संघ र प्रदेशका २७ सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए । कर्णालीका चार सांसदहरुलाई पदबाट हटाइए पनि बाँकी २४ जनाको बारेमा निर्णय हुन बाँकी छ ।

`
12 comments
मधेशी अपाङ्गता भएका महिलाहरुका लागि लैंगिक समानता सशक्..

जनकपुरधाम, ८ गते जेठ ।मधेशी अपाङगता भएका महिलाहरुका लागि लैंगिक समानता तथा सशक्तिकरण सम्बन्धि दुई दिने प्रदेश स्..

33 मिनट पहिले

पक्राउ पुर्जीविरुद्ध सिरोहिया सर्वोच्चमा

काठमाडौं, जेठ ८ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च ..

2 घन्टा पहिले

राजनीतिक स्थिरता र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्..

जनकपुरधाम ,जेठ ८ गते ।   नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शान्..

2 घन्टा पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरूको प्रदेश स्तरिय प्रशिक्..

जनकपुरधाम ,८ गते जेठ ।मधेशका अपागता भएका मधेशी समुदायको समानता र समावेशिताका लागि संघर्ष गरिरहेका यस प्रदेशका आठ..

13 घन्टा पहिले

विपक्षीलाई घेराबन्दीमा राखेर प्रधानमन्त्रीले लिए विश्..

काठमाडौं, जेठ ७ः विपक्षी दलका सांसदलाई घेराबन्दीमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत ल..

1 दिन पहिले