नेहा चौधरी घटनाको छानबिन गर्न मधेशी आयोगद्वारा प्रहरी प्रधान कार्यालयलाई पत्राचार
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानूनीको दायरामा ल्याउन भन्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।आयोगले उजुरी प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै घटनामा के कसो भएको हो ? छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र त्यसको बारेमा आयोगलाई पनि जानकारी गराउन निर्देशन दिएको हो ।करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा.पंकज चौधरीसंग विवाह गरेकी नेहा चौधरीलाई दाइजोका नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको आयोगमा उजुरी परेको छ । उक्त घटना सामाजिक संजालमा सार्वजनिक भएपछी नेहा माथि भएको अत्याचारको चर्को विरोध भइरहेको छ ।
तराई-मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा त्यस संग सम्बन्धित विभिन्न उजुरी आउने गरेको र ति समस्याप्रति आयोग गम्भीर रहेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले नेपाल प्रेससँग बताए । उनले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याले समाजमा कैयो चेलीबेटी यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेकोसमेत बताए ।प्रहरी प्रधान कार्यालयका अनुसार नेहा चौधरीले केहि समय पहिले नै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्दमा जानकारी गराएकी थिइन् ।केन्द्रमा पीडित र पीडकविच छलफल गराइएको थियो । तर, टुंगो नलागेपछि आफुमाथी घरेलु हिंसा भएको भन्दै उनले उजुरी गरेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ‘डीआईजीपी’ टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार पीडित महिलाले अदालतमा मानापाथी तथा अंश बण्डाको मुद्धा हालेको र पीडकले सम्बन्ध विच्छेदको मुद्धा अदालतमा दर्ता गराइसकेको छन् ।घरेलु हिंसा विरुद्धको उजुरी परेपछि पीडकलाई २ दिन हिरासतमा राखेर छोडिएको र उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको डीआईजीपी राईले बताए । मधेशी आयोगले पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै पनि निकायबाट औपचारिक पत्र नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साभार : नेपाल प्रेस
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
17 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
17 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले