Janakpurdham
Wed, Aug 05, 2026
`

विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, फागुन २४ : प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा दुई दिन अघिमात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसंग भेटघाट गरेका छन्।

आइतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन्। झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसँग आग्रह गरेका छन्।

धनुषा र धनुषावासीलाई आफू भन्दा बढी जुलीले चिनेको भन्दै झाले धनुषामा गर्नु पर्ने कामहरुका बारेमा जुलीसंग छोटो छलफल गरेका छन्।

सो क्रममा पराजित उम्मेदवार एवम नेकपा एमालेकी नेतृ महतोले झालाई बधाई तथा शुभकामना दिएकी थिइन। साथै उनले धनुषामा गर्नुपर्ने कार्यहरुको बारेमा झालाई जानकारी गराएकी थिइन्।

उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन।

एमालेको सरकार भएको समयमा उनले अधिकांश कार्य योजनाहरु अगाडि बढाइसकेको र थोरै कामहरु गर्न मात्र बाँकी रहेकाले ती कार्यहरुलाई अगाडि बढाउन झालाई महतोले सल्लाह दिएकी थिइन ।

नवनिर्वाचित झाले यसअघि नेपाली कांग्रेसबाट पराजित भएका धनुषाका बिमलेन्द्र नीधिलाई भेटेका थिए । झाले यस क्षेत्रका सम्पूर्ण अग्रजहरुसंग भेटेर सरसल्लाह लिने कार्यक्रम रहेको बताए ।

साभार : काठमाण्डौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

10 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

10 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

1 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

1 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

2 दिन पहिले