धनुषा आर्थिक गणनाबारे तयारी बैठक सम्पन्न
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत्र ४ गते । देशको यथार्थ आर्थिक अवस्थाबारे एकिन गर्नका लागि नेपाल सरकारले तथ्याङ्क कार्यालय मार्फत जिल्ला जिल्लामा वैशाख २ गतेबाट आर्थिक गणना गर्न लागेको छ ।
वैशाख २ गतेबाट धनुषा जिल्लामा आर्थिक गणनाको तयारी शुरु भएको हो । जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको अध्यक्षतामा सरोकारवालाहरूको आज बसेको समन्वय बैठकले आर्थिक गणनालाई सफल बनाउनका लागि सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।
विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा भएको समन्वय बैठकमा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले आर्थिक गणनाका लागि आउने गणकहरूलाई निर्धक्क भएर आर्थिक विषयमा जानकारी दिई देशको यथार्थ आर्थिक अवस्था आउनमा सहयोग गर्नका लागि आग्रह गनुभयो ।
तथ्याङ्क ऐनले नै आर्थिक गणनाका लागि सङ्कलन भएको सबै व्यक्तिगत विवरण गोप्य रहने कानूनी ग्यारेन्टी गरेकाले कुनै कुरा नलुकाईकन आ–आफ्नो आर्थिक गतिविधिका बारेमा विवरण सङ्कलन गर्नका लागि आउने गणक विवरण उपलब्ध गराई दिनका लागि आग्रह पनि प्रमुख जिल्ला अधिकारीले गर्नुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका सुरेन्द्र भण्डारीले जनकपुरधाम सहित धनुषा जिल्ला भरिमा हुने आर्थिक गणनालाई सफल बनाउनका लागि सङ्घले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले यथार्थ आर्थिक विवरण ल्याउनका लागि व्यापारीहरूलाई विश्वासमा लिनका लागि सुझाव दिनुभयो ।
धनुषा जिल्लामा आर्थिक गणना गर्नका लागि ७८ जना गणक तथा ११ जना सुपरभाइजर परिचालन गर्न लागेको बताउँदै आर्थिक गतिविधि गर्ने हरेक क्षेत्रका आर्थिक विषयहरूको सङ्कलन गरिने जिल्ला आर्थिक गणना अधिकारी श्रीनारायण महतोले जानकारी दिनुभयो ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरू, जनकपुरधाम उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, बस व्यवसायी संघ सहित निकायका प्रमुखहरूको सहभागिता रहेका थिए । नेपालमा यस अघि एक पटक र अहिले दोस्रो पटक आर्थिक गणना हुन लागेको छ ।
साभार : रेडियो नेपाल
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
7 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
7 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
1 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
1 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
2 दिन पहिले