प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।
गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
21 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
21 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले