Janakpurdham
Tue, Sep 08, 2026
`

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ४ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए। 

उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे।

‘गत २०८२ को भाद्र २३ र २४ गतेको नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपले सार्र्वजनिक भएको छैन । तसर्थः त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्यज्यूहरुलाई उपलब्ध गराइयोस्,’ उनले भने।

त्यस्तै, उनले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको छानबिनका लागि लिली थापाको संयोजकत्वमा तयार गरिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत रोकिएको भन्दै आपत्ति जनाए। उनले प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताए।

‘भाद्र २३ देखि २६ गतेसम्मको हिंसात्मक घटनाको छानविन गर्न मान्य लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ रु त्यो पनि संसदले जानकारी पाउनुपर्यो,’ उनले भने।

 

साभार : काठमाण्डौ प्रेस

`
12 comments
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..

सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..

20 घन्टा पहिले

विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..

काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..

20 घन्टा पहिले

बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा

काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..

2 दिन पहिले

तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ : प्रधानम..

काठमाडौं, भदौं २१ : प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न ..

2 दिन पहिले

११ दिनपछि त्रिशूली-१ बाट चिनियाँ नागरिककाे जिवितै उद्धा..

काठमाडौं, भदाै २० : भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना ..

3 दिन पहिले