Janakpurdham
Tue, Nov 03, 2026
`

परिवर्तनको नाममा परम्परा तोड्नु हुँदैन : सांसद केसी

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ९ : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताएका छन्।

परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकामा एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परम्परागत मूल्य र आदर्शलाई जोगाउँदै समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले संस्कृतिमा रहेका सकारात्मक पक्षहरूलाई संरक्षण गर्दै अन्धाधुन्ध परिवर्तन स्वीकार गर्न नहुने धारणा राखे।

‘शैक्षिक क्षेत्रको सुधार गर्न आवश्यक नै छ । अहिले हामीलाई आत्मनिर्भर, जीवन उपयोगी शिक्षा चाहिएको छ । हाम्रा पुराना आदर्शहरुलाई जोगाएर राख्नुपर्छ । परम्परा तोड्ने नाममा जुत्तालाई टाउकोमा र टोपीलाई खुट्टामा लगाउने काम त पक्कै हामीले गर्नु हुँदैन,’ उनले भने।

केसीले लोकतान्त्रिक परम्परा र संवैधानिक अभ्यासको पालना अनिवार्य रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जाने प्रवृत्ति निरंकुश हुने टिप्पणी गरे । उनले वर्तमान सरकारबारे टिप्पणी गर्दै लोकतान्त्रिक परम्पराभित्र रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

 ‘कतिपय परिवर्तनहरु खासगरी लोकतान्त्रिक मान्यताका परम्पराहरु परिवर्तनशिल छैनन् । कि त व्यवस्था नै परिवर्तन हुनुपर्यो । अहिले परिवर्तित भएर आएको सरकार लोकतान्त्रिक परम्पराको संविधान भित्रको होइन,’ उनले भने, ‘लोकतान्त्रिक परम्पराबाट बाहिर जानु निरकुंश प्रवृत्ति हो भन्ने लाग्छ । अहिले पनि प्रतिक्षामा छौं, हामी कुनै सरकारलाई असजिलो बनाउने पक्षमा पटक्कै छैनौं।’

त्यस्तै, संसद र संसदीय अभ्यासबारे बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम पारित हुने प्रक्रियामा राष्ट्रिय सभाको भूमिका र संसदीय परम्पराको सम्मान गरिएको उल्लेख गरे। 

प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर उठेका प्रश्नहरूबारे आफ्नो दलले गम्भीर रूपमा चासो राखेको पनि उनले बताए।

 ‘यदी सरकारलाई असजिलो बनाउन चाहेको भए राष्ट्रिय सभाबाटै नीति तथा कार्यक्रम फेल गर्न सक्थ्यौं होला। संसारभरको परम्परामा हुँदा पनि संसदमा प्रधानमन्त्री उपस्थिति नहुने कुरामा गम्भीर असहमति र गम्भिरतापूर्वक उठाएको कुरा हो,’ उनले भने।

नेता केसीले नेपाली कांग्रेस देशको हित, समृद्धि र रचनात्मक काममा सधैं सहयोग गर्न तयार रहेको तर लोकतान्त्रिक सिद्धान्त र स्थापित परम्परा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

 

साभार: काठमाण्डौ प्रेस

`
12 comments
पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..

10 घन्टा पहिले

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं, कात्तिक १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।  सोमबार बिहान सिà¤..

10 घन्टा पहिले

गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..

1 दिन पहिले

सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..

1 दिन पहिले

कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..

मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..

2 दिन पहिले