Janakpurdham
Wed, May 27, 2026
`

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व राष्ट्रपति यादवको जोड

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले सरकार, संसद् र न्यायालय लोकतान्त्रिक प्रणाली अनुसार अगाडि बढ्नुपर्ने भन्दै पत्रकारहरूले पनि लोकतन्त्रको संरक्षणमा कलम चलाउनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीले पछिल्लो समय समाजमा भ्रम फैलाउने, दिग्भ्रमित गर्ने र अफवाह फैलिएको अवस्था देखिएको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गर्नुभयो। 

नेपाली काङ्ग्रेसका नेता एवं प्रवक्ता देवराज चालिसेले स्वतन्त्रताको अभावमा अधिकारको प्रयोग हुन नसक्ने र लोकतन्त्र  कमजोर हुने भएकाले निर्भिकतापुर्वक बोल्न र लेख्न डराउन नहुने बताउनुभयो । 

नेपाली कम्युनिस्ट पार्टीका नेता पम्फा भुषालले राज्यका तर्फबाट नागरिकका अधिकार कटौती गरिरहेको अवस्था देखिएकाले यो बेलामा पत्रकारिताको अझ बढी महत्व रहेको बताउनुभयो। 

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले लोकतन्त्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि स्थापना भएको युनियन फेरि एकपटक लोकतन्त्र जोगाउने अभियानमा एकजुट हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढ्दै गएको भन्दै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता जोगाउनका लागि सबैको ऐक्यबद्धताका साथै बलियो खबरदारी आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीर जङ्ग शाह लगायतले राज्यले चालेका कदम सूक्ष्म रुपमा हेरेर जनतालाई सुसूचित गराउने दिशामा पत्रकारहरू निरन्तर जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो।

साभार ः रेडियो नेपाल 

`
12 comments
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

2 घन्टा पहिले

जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बज..

काठमाडौँ , जेठ १३ गते ।  सरकारले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह..

2 घन्टा पहिले

उखु किसानको भुक्तानी तत्काल दिन सरकारसँग सांसद सिंहको म..

काठमाडौं, जेठ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र मल अभ..

1 दिन पहिले

स्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरका..

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आ..

1 दिन पहिले

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल

काठमाडौं, जेठ ११ : सरकारले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको छ।&..

2 दिन पहिले