कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्की आयोगमाथिको शंका बलियो बनायो
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको कांग्रेसले पहिलेदेखि नै बताउँदै आएको उल्लेख गरिएको छ। मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त प्रतिवेदनलाई अपर्याप्त देखाएको कांग्रेसको भनाइ छ।
विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि समेत दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको भन्दै कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको दाबी गरिएको छ। साथै आम निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको कांग्रेसको शंका थप बलियो भएको उल्लेख गरिएको छ।
कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई महत्वपूर्ण भनेको छ । त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि, आगजनी, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड भएको आयोगको प्रतिवेदनले देखाएको कांग्रेसले जनाएको छ।

विज्ञप्तिमा हिंसात्मक गतिविधिमा संलग्न भएको आशंकामा राज्यका जिम्मेवार व्यक्ति तथा सांसदमाथि समेत थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने आयोगको निष्कर्षलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख छ।
कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने तथा निर्दोष नागरिकको ज्यान लिने कार्यमा संलग्न जोसुकैमाथि राजनीतिक संरक्षणबिना कानुनी कारबाही हुनुपर्ने माग गरेको छ।
राज्य संयन्त्रको असफलता र सुरक्षा निकायद्वारा गरिएको अत्यधिक बल प्रयोगलाई पनि आयोगले मानव अधिकार उल्लंघन भनेको उल्लेख गर्दै दोषीमाथि संवैधानिक तथा कानुनी दायराभित्र रहेर कारबाही हुनुपर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले आयोगका सिफारिस सरकारका लागि बन्धनकारी हुने नजिर स्थापित गरिसकेको भन्दै आयोगका सिफारिस कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमार्फत कांग्रेसले सरकारसमक्ष विभिन्न मागसमेत अघि सारेको छ। जसअनुसार आयोगको सिफारिसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने, भदौ २३–२४ मा भएका हिंसात्मक घटनामा संलग्न सांसद, व्यक्ति वा निकायमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका तथा घाइते भएका नागरिकका परिवारलाई न्याय, राहत र पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ । निजी क्षेत्रमा भएको क्षतिको उचित क्षतिपूर्ति दिन तथा सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन आवश्यक सुधार गर्नुपर्ने कांग्रेसको धारणा छ।
कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै यस सम्बन्धमा सरकारले तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने पनि माग गरेको छ।
कांग्रेसले लोकतन्त्रलाई भीडतन्त्रका रूपमा स्वीकार गर्न नसकिने उल्लेख गर्दै राज्यबाट हुने क्रूरता र अराजक हिंसा दुवै अस्वीकार्य रहेको स्पष्ट पारेको छ ।
साभार ः काठमाडौं प्रेस
स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..
10 घन्टा पहिले
प्रहरीले पक्राउ गरेर घर पुर्याएपछि दुर्गा प्रसाईँले– य..
काठमाडौं, असार २८ : राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आ..
10 घन्टा पहिले
आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु
काठमाडौं, आसर २७ : काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ। शनिबार ..
20 घन्टा पहिले
‘गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ’
काठमाडौं, असार २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्द..
2 दिन पहिले
गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे– घटनास्थलमा कुन..
काठमाडौं, असार २६ : गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् । रा..
2 दिन पहिले