रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेट
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २० : पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्।
सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।
भेटपछि मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको समाजिक सञ्जालमर्फत जनाएका छन्। उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन्।

‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले समाजिक सञ्जालमा लेखेका छन्।
दुई देशबीचको विशिष्ठ एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउने नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीले उल्लेख गरेका छन्।
‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल पहिलो साझेदार हो र हाम्रा दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई अझ उच्च उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,’ मोदीले भनेका छन्।
सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो। सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति रविलाई स्वागत गरेका थिए।
मंगलबार नै लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटघाट गरेका थिए।
साभार : काठमाडौं प्रेस
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
22 घन्टा पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
22 घन्टा पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
2 दिन पहिले
कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘एकता अभियान’, शीर्ष ..
काठमाडौं, साउन १७ : नेपाली कांग्रेसका युवा नेताहरुले फुटको संघारमा पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुर..
2 दिन पहिले
गणेश यादवका परिवार र सरकारबीच सातबुँदे सहमति
सिरहा, साउन १६ : सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँप..
3 दिन पहिले