रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
जनकपुर, जेठ २२ : नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।
शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका हुन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर पदाधिकारी तोकेको थियो।
पहिलो एक पक्षले अधिवेशन गरी प्रतिक नेपाललसहितको समिति चयन गरिएको थियो भने पछि अर्को पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्दै छुट्टै अधिवेशन गरेको थियो । जेठ १७ गत्ते सम्पन्न भएको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभागी रहेका थिए।
अधिवेशनमा राकेश यादवसहितको समिति गठन भएको थियो। यादवसहितको समितिको नाम रास्वपाको वेबसाइटमासमेत अपलोड भएको थियो । पछि फेरि जेठ २० गत्ते वेबसाइटबाट उक्त समितिको नाम हटाइए पछि विवाद सृजना भएको हो।
आफूहरुको नाम वेबसाइटबाट हटाइएको भन्दै राकेश यादवसहितको समितिका पदाधिकारी र गणेशमान चारनाथ नगरपालिकाका रास्वपाका कार्यकर्ता तथा सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।
रास्वपामा गुटबन्दी हुनु नराम्रो भएको बताउँदै यादवले दुबै पक्षलाई समेटेर एक पुनः अधिवेशन गर्नुपर्ने माग गरेका छन्। उनले अधिवेशनको विवाद समाधान गर्नका निम्ती केन्द्रीय कार्यालयमा आफूले सम्पर्क गर्दा जिल्लास्थित कार्यालयमार्फत समस्या सामाधन गर्न निर्देशन दिइएको सुनाए।
यादवले जिल्ला पार्टी कार्यालयमा कोही नहुनु र जिल्लासभापति सहित अन्य पदाधिकारी पनि सम्पर्कमा आउन नखोज्नु दुखद भएको बताए।
यादवले निश्पक्ष रुपमा पुनः अधिवेशनको विकल्प नरहेको बताए। उनले पुनः अधिवेशन नभएसम्म आफूहरु ताला नखोल्ने चेतावनी दिएका छन्।
साभार ः काठमाडौं प्रेस

भारत गए परारष्ट्रमन्त्री खनाल
काठमडौं, जेठ २२ : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका आज दिल्ली प्रस्थान गरेका छन्। भारतीय वि..
2 घन्टा पहिले
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार..
जनकपुर, जेठ २२ : नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार..
2 घन्टा पहिले
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेर..
काठमाडौं, जेठ २१ : राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभाअन्तर्गतक..
23 घन्टा पहिले
प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाए..
काठमाडौं, जेठ २१ : नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भार..
23 घन्टा पहिले
श्रद्धाञ्जली: एक अथक शिक्षासेवी, विद्रोही र किसानका सारथ..
जनकपुरधाम, जेठ २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजीव झालाई पितृशोक परेको छ । उहाँका पूजनीय प..
2 दिन पहिले
-
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय सुधार गर्नुपर्ने
-
प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर
-
श्रद्धाञ्जली: एक अथक शिक्षासेवी, विद्रोही र किसानका सारथि गंगेश झाको अवसान